दैनिक समाचारदाता
राजबिराज, २४ मंसिर ।
सप्तरीको सप्तकोशी नगरपालिकास्थित विभिन्न खोला तथा बाढीबाट प्रभावित हुने क्षेत्रको शुक्रबार सरोकारवाला निकायले स्थलगत निरिक्षण गरेको छ ।
वर्षायाममा आउने बाढीले ठूलो जनधनको क्षति पु¥याइरहेका क्षेत्रको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, सशस्त्रका प्रहरी उपरिक्षक राजु श्रेष्ठ र सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माद्वारा स्थलगत निरिक्षण गरिएको हो ।
निरिक्षणका क्रममा प्रभावित क्षेत्रका बासिन्दाले वर्षा र बाढीले वर्षेणी आफूहरु समस्या भोग्दै आएको पीडा सुनाउँदै समस्याको दिगो समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
टोलीमा सहभागि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले यस क्षेत्रमा वर्षेणी बाढीबाट हुने क्षति न्यूनिकरण तथा विपद् व्यवस्थापनका लागि गर्नु पर्ने कामहरु बारे आवश्यक जानकारी लिन स्थलगत निरिक्षण गरिएको र चाडै व्यवस्थापनका कामहरु अघि बढ्ने जानकारी दिए ।
टोलीले वर्षायाममा त्रियुगा, अमहा र सत्रापत्रा खोलाले ल्याउने बाढी र त्यसबाट प्रभावित हुने क्षेत्रको स्थलगत निरिक्षण गरि प्रभावित क्षेत्रका बासिन्दासाग समेत आवश्यक जानकारी लिएको छ । वर्षायामको समयमा उक्त खोलाहरुको बाढीले सप्तकोशी नगरपालिकाको अधिकांश वडा डुवानमा पार्ने गरेको छ ।
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
सारांश
- वर्षायाममा आउने बाढीले ठूलो जनधनको क्षति पु¥याइरहेका क्षेत्रको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, सशस्त्रका प्रहरी उपरिक्षक राजु श्रेष्ठ र सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माद्वारा स्थलगत निरिक्षण गरिएको हो ।
- निरिक्षणका क्रममा प्रभावित क्षेत्रका बासिन्दाले वर्षा र बाढीले वर्षेणी आफूहरु समस्या भोग्दै आएको पीडा सुनाउँदै समस्याको दिगो समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
- टोलीमा सहभागि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले यस क्षेत्रमा वर्षेणी बाढीबाट हुने क्षति न्यूनिकरण तथा विपद् व्यवस्थापनका लागि गर्नु पर्ने कामहरु बारे आवश्यक जानकारी लिन स्थलगत निरिक्षण गरिएको र चाडै व्यवस्थापनका कामहरु अघि बढ्ने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया