दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
प्रहरीले सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका २ चौफल टोलबाट एक युवालाई घरमा खाल्डो खनि लागु औषध राखेको अवस्थामा पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको गस्ति टोलिले स्थानिय २२ वर्षका सुनिल राईलाई लागु औषधसहित पक्राउ गरेको हो ।
लागु औषध ओसारपसार तथा बिक्री बितरण गर्दै गरेको बिशेष सुचनाको अधारमा सुनिल राईले आफ्नो घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनी लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागु औषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुल गरी २ सय ३३ थान एम्पुल बरामद गरेको जनाएको छ । पक्राउ परेका राईमाथी आवश्यक कार्यवाहिका लागि ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
सारांश
- ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको गस्ति टोलिले स्थानिय २२ वर्षका सुनिल राईलाई लागु औषधसहित पक्राउ गरेको हो ।
- लागु औषध ओसारपसार तथा बिक्री बितरण गर्दै गरेको बिशेष सुचनाको अधारमा सुनिल राईले आफ्नो घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनी लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- प्रहरीले लागु औषध लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुल गरी २ सय ३३ थान एम्पुल बरामद गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया