दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
स्थानिय तहका कर्मचारीहरु समायोजन विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेको ११ औं दिन बुधबार पनि कामकाज ठप्प पारेका छन् । तर, बुधबारै उनीहरु काममा समेत फर्केका छन् ।
राजविराज नगरपालिका कर्मचारीहरुले आ–आफनो कलम प्रमुख प्रशासकिय अधिकृतलाई वुझाएको २० मिनेट न वित्दै कलम फिर्ता लिई काममा फर्केका हुन् ।
पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार धर्नामा वसेका राजविराज नगरपालिकाका कर्मचारीहरुले विहान १२ वजे सामुहिक रुपमा आ–आफनो कलम निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राजलाई वुझाएका थिए । तर, २० मिनेट न वित्दै उनीहरु कलम फिर्ता लिइ काममा फर्के ।
यता कर्मचारी एशोसिएसनका अध्यक्ष उमेश प्रसाद यादवले सयुक्त आन्दोलन परिचालन समिति काठमाण्डौको निर्देशन अनुसार सात दिनका लागी आन्दोलन स्थगित गरेर काममा फर्किने निर्देशन अनुसार काममा फर्केको जानकारी दिए ।
उनले सरकार र सयुक्त आन्दोलन परिचालन समिति विच सकारात्मक हिसावले वार्ता सहमति नजिक पुग्न लागेकोले थप गृहकार्यका लागी समय आवश्यक परेकाले सात दिनका लागी आन्दोलन स्थगित गरिएको जानकारी दिए ।
आन्दोलनका कारण विगत ११ दिनदेखी काम हुन नसकेको नगरपालिकामा बुधबार दिउँसोदेखी काम सूचारु भएको छ भने बिहीबारदेखी सेवाग्राहीहरुले कार्यालयअवधी भरी काम गराउन सक्ने भएका छन् ।
आन्दोलनरत कर्मचारीले कलम बुझाएको २० मिनेट मै फिर्ता लिई काममा फर्के
सारांश
- राजविराज नगरपालिका कर्मचारीहरुले आ–आफनो कलम प्रमुख प्रशासकिय अधिकृतलाई वुझाएको २० मिनेट न वित्दै कलम फिर्ता लिई काममा फर्केका हुन् ।
- पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार धर्नामा वसेका राजविराज नगरपालिकाका कर्मचारीहरुले विहान १२ वजे सामुहिक रुपमा आ–आफनो कलम निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राजलाई वुझाएका थिए ।
- तर, २० मिनेट न वित्दै उनीहरु कलम फिर्ता लिइ काममा फर्के ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया