राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ७, २०७७
|
|
३६ पटक हेरिएको
Shares
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै

सारांश

  •     राजविराजमा शुक्रबार राजावादीहरुले एक कार्यक्रमको आयोजना गरि राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिँदै फागुन ३० जनआन्दोलनको घोषण गर्ने तयारी भइरहेको बताएका हुन् ।
  •       पूर्वरानी कोमलको ७१ औं शुभजन्मोत्सवको अवसर पारेर लोक कल्याणकारी जनता पार्टी नेपाल तथा २०४७ को संविधान पुन:स्थापना हाम्रो अभियान नामक संस्थाले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सो जानकारी दिएका हुन् ।
  •     कार्यक्रममा अभियानका संयोजक समेत रहेका लोक कल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महतोले वर्तमान सरकार र संविधान असफल भइसकेको दाबी गर्दै निकासका लागि अब राजासहितको हिन्दु अधिराज्य एक मात्र विकल्प रहेको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 
    आगामी फागुन ३० गते राजावादीहरुले एक कार्यक्रमको आयोजना गर्दै जनआन्दोलनको मिति घोषणा गर्ने तयारी गर्ने भएका छन् । 
    राजविराजमा शुक्रबार राजावादीहरुले एक कार्यक्रमको आयोजना गरि राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिँदै फागुन ३० जनआन्दोलनको घोषण गर्ने तयारी भइरहेको बताएका हुन् । 
    पूर्वरानी कोमलको ७१ औं शुभजन्मोत्सवको अवसर पारेर लोक कल्याणकारी जनता पार्टी नेपाल तथा २०४७ को संविधान पुन:स्थापना हाम्रो अभियान नामक संस्थाले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सो जानकारी दिएका हुन् ।
    कार्यक्रममा अभियानका संयोजक समेत रहेका लोक कल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महतोले वर्तमान सरकार र संविधान असफल भइसकेको दाबी गर्दै निकासका लागि अब राजासहितको हिन्दु अधिराज्य एक मात्र विकल्प रहेको जिकिर गरे । 
    कार्यक्रममा सो पार्टीका संगठन विभाग प्रमुख सन्तबहादुर रुम्बाले देशको भयाभह अवस्थालाई हेरेर अब राजासहितको हिन्दु अधिराज्यले मात्र मुलुक बचाउने दाबी गरे ।
    सोही कार्यक्रममा अभियानका सर्लाही संयोजक शैलेन्द्र सिंहले पटक पटक सत्तामा पुगेका राजनीतिक दलबाट मुलुक संचालन हुन नसक्ने प्रमाणित भइसकेको बताउँदै अब जनताले नै अघि सरेर राजासहितको हिन्दु अधिराज्य निर्माणमा जुट्ने बेला आइसकेको जिकिर गरे । 
    रामटहल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष डा. देवनारायण महतोका साथै किशुनदेव साह, सीताराम खत्वे, रबिन्द्र यादव, पण्डित रामकुमार शास्त्री, ई. सत्यनारायण यादवले पनि बोल्दै राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिएका थिए । 
    कार्यक्रममा मुश्लिम समुदायबाट सहभागि रहेका कंचनरुप र डाक्नेश्वरी नगरपालिकाका मो उदुस शेख, अहमद अली, कयुम अली र अशोका जामिरले पनि राजासहितको हिन्दु अधिराज्य हुनुपर्ने आवश्यक रहेको धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्तनपान कक्ष निर्माण
स्तनपान कक्ष निर्माण
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
अटो दुर्घटनामा चालकका बाबु र नातिनी  तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते 
अटो दुर्घटनामा चालकका बाबु र नातिनी  तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते 
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
स्थानिय तहमा कक्षा पढाई कार्यक्रम पु¥याउनुपर्नेमा जोड
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु