मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु

राजविराज राजविराज
|
शुक्रबार, माघ १८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु

सारांश

  •     भूमि तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन प्रणालीबाट अभिलेख राख्ने कार्यको उद्घाटन गरे ।
  •     मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसाद साहको अध्यक्षतमा आयोजित कार्यक्रममा महानिर्देशक दवाडीले अब उपरान्त अनलाइनमा राखिने अभिलेखका कारण सम्पूर्ण कामकाज पारदर्शी हुने बताए ।
  •       उनले मुलुक डिजिटल प्रविधितर्फ उन्मूख भइरहेको हुँदा जग्गाधनी पूर्जा समेत अनलाइनमा राखिने कार्यले गर्दा कसैलाई कुनै प्रकारको झन्झट नहुने र चाहेको बेला सजिलै हेर्न सकिने बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
    भुमिसुधार तथा तथा मालपोत कार्यालय राजविराजले शुक्रबारदेखी आफ्नो सम्पूर्ण अभिलेख राख्ने कार्य अनलाइन प्रणालीबाट सुरु गरेको छ ।
    भूमि तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन प्रणालीबाट अभिलेख राख्ने कार्यको उद्घाटन गरे ।
    मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसाद साहको अध्यक्षतमा आयोजित कार्यक्रममा महानिर्देशक दवाडीले अब उपरान्त अनलाइनमा राखिने अभिलेखका कारण सम्पूर्ण कामकाज पारदर्शी हुने बताए । 

    उनले मुलुक डिजिटल प्रविधितर्फ उन्मूख भइरहेको हुँदा जग्गाधनी पूर्जा समेत अनलाइनमा राखिने कार्यले गर्दा कसैलाई कुनै प्रकारको झन्झट नहुने र चाहेको बेला सजिलै हेर्न सकिने बताए । यस प्रविधिले जग्गा खरीद र बिक्रि गर्न चाहनेहरुले कम खर्चमा सजिलै गर्न पाउने उनले जिकिर गरे । 
    आयोजित कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर, राजविराज नगरपालिका प्रमुख शम्भु यादव लगायतकाले अनलाइन प्रणालीे शुभारम्भ भएकोमा शुभकामना दिएका थिए । 
    राजविराजको मालपोत कार्यालय यो प्रणाली अपनाउने नेपालको ५१ औं मालोपोत कार्यालय भएको छ । यस अघि नेपालको ५० मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली लागु भइसकेको छ । 
    यता मालपोत कार्यालय राजविराजका प्रमुख सिकेन्द्र साहले अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए । अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने उनले बताए । 
    अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको रहेको छ ।
    यसअघि सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर मालपोत कार्यालय अनलाइन प्रणाली दुई महिना अघि नै सूचारु भइसकेको छ ।  
    यता संचालनमा आएको अनलाईन प्रणालीमा बिटोरी र गाउँ ब्लकका जग्गा बारे कुनै विवरण उल्लेख रहेको छैन् । जसकारण बिटोरी र ब्लकका जग्गा हुनेहरुमा अन्यौलता छाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
जलवायु परिर्वतनमा कमि गर्न नीतिगत निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह