दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
एक विरामी कैदीबन्दीले आफू कारागारमा असुरक्षित भएको गुनासो पोखेका छन् । कर्तब्य ज्यान मुद्दामा राजविराज कारागारमा जेलजिवन विताइ रहेका सप्तरीको बोदेबरसाइन नगरपालिका ८ निवासी ५५ बर्षीय कामेश्वर भन्ने कमलनारायण यादवले यस्तो गुनासो पोखेका हुन् ।
प्रोस्टेट रोगका विरामी रहेका उनको अहिले स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार भएका २०५ कैदी मध्ये उनी पनि एक थिए । यद्यपी फरार भएको २५ दिनपछि असोज २० गते उनी आफै कारागार पुगेर आत्मसमर्पण गरेका थिए ।
फरार भएकै दिन उनी भारतको बिहार राज्य अन्तरगत दरभंगास्थित एक अस्पतालमा पुगेर प्रोस्टेटको शल्यक्रिया गराएका थिए । दुई दिन अघि मुत्र थैलीमा फेरी समस्या बल्झिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जेलर गंगालाल योगीको भनाई छ ।
यादवले कारागारका चौकीदार मनोज यादव र मिथिलेश यादवले आफूलाई विभिन्न बहानामा दुःख दिने गरेको र प्रतिवाद गर्न खोज्दा ज्यानै मार्नै धम्की समेत दिने गरेको गुनासो गरेका छन् ।
आफू चौकीदारहरुबाट असुरक्षित भएको बताएका उनले सम्भव भए आफुलाई नभए ती चौकीदारहरुलाई अन्यत्रको कारागारमा सरुवाका लागि पहल गरिदिन सबैसंग आग्रह गरेका छन् ।
यादवको कैद अवधि अझ ४ बर्ष जति बाँकी छ । जेलर योगीले उक्त प्रकरणबारे चौकीदार र अन्य कैदीबन्दी संग समेत सत्यतथ्य बुझ्ने काम भएको बताए । उनले कैदी यादव प्रोस्टेटको रोगले पीडित भएकाले मानविय आधारमा राम्रो उपचार पाउन सकोस भन्ने मनसायले उनलाई विराटनगर वा काठमाण्डौं जेल सरुवा गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।
कारागारमा असुरक्षित छु ः कैदी यादव
सारांश
- प्रोस्टेट रोगका विरामी रहेका उनको अहिले स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
- गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार भएका २०५ कैदी मध्ये उनी पनि एक थिए ।
- यद्यपी फरार भएको २५ दिनपछि असोज २० गते उनी आफै कारागार पुगेर आत्मसमर्पण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया