अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो

राजविराज राजविराज
|
सोमबार, श्रावण २५, २०७८
|
|
७४ पटक हेरिएको
Shares
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो

सारांश

  •     गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहका अनुसार ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो ।
  •       दैनिक सर्पदंशको मात्रै ५/६ जना घाइते आउने गरेकोमा अहिले ज्वरो, रुघा, खोकी र झाडापखालाका दैनिक १० देखी २५ जनासम्म बिरामीहरु आउने गएको उनको भनाई छ ।
  •       बिरामीको चाप बढ्दै गएपछि बेडको अभावमा भुईमै भएपनि उपचार भइरहेको तथा बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 
    विगत केही दिनदेखी बढेको अत्याधिक गर्मीका कारण राजविराजस्थित अस्पताल र निजि क्लिनिकहरुमा बिरामीको चाप बढेको छ । 
    गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहका अनुसार ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो । 
    दैनिक सर्पदंशको मात्रै ५/६ जना घाइते आउने गरेकोमा अहिले ज्वरो, रुघा, खोकी र झाडापखालाका दैनिक १० देखी २५ जनासम्म बिरामीहरु आउने गएको उनको भनाई छ । 
    बिरामीको चाप बढ्दै गएपछि बेडको अभावमा भुईमै भएपनि उपचार भइरहेको तथा बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उनले बताए । 
    यस्तै जिल्लाको छिन्नमस्ता र युनिक अस्पतालका साथै निजी क्लिनिकहरुमा समेत बिरामीको चाप बढेको सम्बद्ध चिकित्सकहरुले बताएका छन् । 
    गर्मी मौसममा भाइरलको संक्रमण बढी हुने भएकाले बिरामी बढ्ने गरेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाको भनाई छ । 
    डा. झाले गर्मी मौसममा यस्ता रोगबाट बच्नका लागि विशेष गरि पानी उमालेर मात्र पिउने, दिशापिसाब गरिसकेपछि राम्ररी हात धुने, बासी सडेगलेका खानेकुरा नखाने, झाडापखाला लागिसकेपछि पर्याप्त मात्रामा जिवन जल पिउने र रोगको लक्षण देखापर्ना साथ नजिकको स्वास्थ्य चौकी र अस्पतालमा सम्पर्क गरेर औषधी खानुपर्ने सुझाव समेत दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
बाल दिवसमा सडक नाटक तथा हाजिरी जवाफ
बाल दिवसमा सडक नाटक तथा हाजिरी जवाफ
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 
राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय 
उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड
उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड