दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
विगत केही दिनदेखी बढेको अत्याधिक गर्मीका कारण राजविराजस्थित अस्पताल र निजि क्लिनिकहरुमा बिरामीको चाप बढेको छ ।
गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहका अनुसार ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो ।
दैनिक सर्पदंशको मात्रै ५/६ जना घाइते आउने गरेकोमा अहिले ज्वरो, रुघा, खोकी र झाडापखालाका दैनिक १० देखी २५ जनासम्म बिरामीहरु आउने गएको उनको भनाई छ ।
बिरामीको चाप बढ्दै गएपछि बेडको अभावमा भुईमै भएपनि उपचार भइरहेको तथा बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उनले बताए ।
यस्तै जिल्लाको छिन्नमस्ता र युनिक अस्पतालका साथै निजी क्लिनिकहरुमा समेत बिरामीको चाप बढेको सम्बद्ध चिकित्सकहरुले बताएका छन् ।
गर्मी मौसममा भाइरलको संक्रमण बढी हुने भएकाले बिरामी बढ्ने गरेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाको भनाई छ ।
डा. झाले गर्मी मौसममा यस्ता रोगबाट बच्नका लागि विशेष गरि पानी उमालेर मात्र पिउने, दिशापिसाब गरिसकेपछि राम्ररी हात धुने, बासी सडेगलेका खानेकुरा नखाने, झाडापखाला लागिसकेपछि पर्याप्त मात्रामा जिवन जल पिउने र रोगको लक्षण देखापर्ना साथ नजिकको स्वास्थ्य चौकी र अस्पतालमा सम्पर्क गरेर औषधी खानुपर्ने सुझाव समेत दिएका छन् ।
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
सारांश
- गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहका अनुसार ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो ।
- दैनिक सर्पदंशको मात्रै ५/६ जना घाइते आउने गरेकोमा अहिले ज्वरो, रुघा, खोकी र झाडापखालाका दैनिक १० देखी २५ जनासम्म बिरामीहरु आउने गएको उनको भनाई छ ।
- बिरामीको चाप बढ्दै गएपछि बेडको अभावमा भुईमै भएपनि उपचार भइरहेको तथा बेड व्यवस्थापन गरि उपचार सेवा प्रदान गरिरहेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया