दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
प्रजापिता ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय माउन्टआबु राजस्थान (भारत) का प्रमुख डा. रत्नमोहनी दादीको निधनमा आइतबार शोकसभा गरिएको छ ।
एक सय ४ वर्षिया डा.रत्नमोहनी दादीको एक साता अघि उपचारका क्रममा मृत्यु भएको थियो । राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय राजविराजद्वारा आयोजना गरिएको उनको श्रद्धाञ्जली सभाका अधिकाँश वक्ताले अध्यात्म, समाज कल्याण र महिला सशक्तीकरणका क्षेत्रमा डा.रत्नमोहनी दादीको अमुल्य योगदान रहेको चर्चा गर्दै उनको निधनले एउटा जिम्मेवार अभिभावक गुमाएको अनुभुती भईरहेको सुनाए ।
ब्रह्माकुमारी राजसंस्थानको मुख्य प्रशासकिय एवं राजयोगिनी डा.रत्नमोहनी दादीको निधनले समाजलाई ठूलो क्षति भएको भन्दै सहभागी वक्ताहरुले समाजलाई अध्यात्मको बाटोमा लैजान अमुल्य योगदान दिएकी उनी प्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
केन्द्रकी मुख्य संचालिका भगवती दिदीको अध्यक्षता तथा मधेश कृषि विश्वविद्यालयका रजिस्टार डा.भगवान ठाकुरको प्रमुख आतिथ्यमा आयोजित श्रद्धाञ्जली सभामा समाजसेवी हरेकृष्ण प्रसाद सिंह, डा.मुरली प्रसाद सिह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, अनुयायी मधुसुधन लाल देव, दिनानाथ यादव लगायतले बोल्दै आफ्नो सम्पुर्ण जीवन मानव सेवामा अर्पण गर्ने स्व.डा.रत्नमोहनी दादीको निधनले एउटा जिम्मेवार अभिभावक गुमाएको महसुश भइरहेको बताए ।
उनीहरुले स्व.डा.रत्नमोहनी दादीको व्यक्तीत्व र कृतित्वबाट प्रेरणा लिई निःस्वार्थ भावले काम गर्नू पर्नेमा जोड समेत दिए ।
राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
सारांश
- एक सय ४ वर्षिया डा.
- रत्नमोहनी दादीको एक साता अघि उपचारका क्रममा मृत्यु भएको थियो ।
- राजयोग सेवा केन्द्र क्षेत्रिय कार्यालय राजविराजद्वारा आयोजना गरिएको उनको श्रद्धाञ्जली सभाका अधिकाँश वक्ताले अध्यात्म, समाज कल्याण र महिला सशक्तीकरणका क्षेत्रमा डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया