कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो

राजविराज राजविराज
|
बुधबार, श्रावण १८, २०७९
|
|
३५ पटक हेरिएको
Shares
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो

सारांश

  •     पहाडी क्षेत्रमा अविरल वर्षा संगै आएको बाढीले बुधवार विहान उदयपुरको बेलका नगरपालिकास्थित अस्थायी बाँध सप्तकोशी नदीको बाढीले भत्काएपछि बाढी पस्ने चिन्ताले स्थानीय त्रसित भएका हुन् ।
  •       अघिल्लो दिन मंगलवारदेखी नै कटान शूरु भई अस्थायी बाँध भत्किने अवस्थामा पुगी सकेको खबर पाई रातभर जाग्राम वसेका सप्तकोशी नगरपालिका वडा नम्बर ३, ६, ७, ८, ९ र १० कंचनरुप नगरपालिकाको वडा १, २, ४, ५, ६, १० र हनुमाननगर कंकालिनी नगरपालिका १३ का वासिन्दा बुधवार एकाविहान सो बाँधको झण्डै आधी भाग बाढीले भत्काइदिएको थाहा पाएपछि झन त्रसित भएका हुन ।
  •       स्थानीय प्रशासनले उक्त क्षेत्र जोखिममा रहेपनि अहिलेसम्म बाढी नपसेको र कुनै क्षती न भएको जानकारी गराएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।

    सप्तकोशी नदीमा आएको बाढीले छिमेकी जिल्ला उदयपुरको अस्थायी बाँध टुटेपछि सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीय त्रासमा छन् । 
    पहाडी क्षेत्रमा अविरल वर्षा संगै आएको बाढीले बुधवार विहान उदयपुरको बेलका नगरपालिकास्थित अस्थायी बाँध सप्तकोशी नदीको बाढीले भत्काएपछि बाढी पस्ने चिन्ताले स्थानीय त्रसित भएका हुन् । 
    अघिल्लो दिन मंगलवारदेखी नै कटान शूरु भई अस्थायी बाँध भत्किने अवस्थामा पुगी सकेको खबर पाई रातभर जाग्राम वसेका सप्तकोशी नगरपालिका वडा नम्बर ३, ६, ७, ८, ९ र १० कंचनरुप नगरपालिकाको वडा १, २, ४, ५, ६, १० र हनुमाननगर कंकालिनी नगरपालिका १३ का वासिन्दा बुधवार एकाविहान सो बाँधको झण्डै आधी भाग बाढीले भत्काइदिएको थाहा पाएपछि झन त्रसित भएका हुन । 
    स्थानीय प्रशासनले उक्त क्षेत्र जोखिममा रहेपनि अहिलेसम्म बाढी नपसेको र कुनै क्षती न भएको जानकारी गराएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काप्mलेले अविरल वर्षासंगै आएको बाढीले छिमेकी जिल्ला उदयपृुरको सप्तकोशी नदीको अस्थायी बाँध फुटेर उक्त जिल्लाको वेलका नगरपालिकाको २, ३, ८ र ९ वडा डुवानमा परेपनि सप्तरी तर्फ त्यस्तो अवस्था नदेखिएको जानकारी दिएका छन् । 
    बाँध फुटेकाले जोे स्खिममा रहेका सप्तरीको सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडाका वासिन्दालाई सर्तक रहन र तटिय क्षेत्रमा  नजान सचेत गराइएको उनले जानकारी दिए । 
    यता प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाढीबाट हुने क्षती नियन्त्रणका लागी सम्बन्धित नगरपालिकाका जनप्रतिनीधी सहितको सुरक्षा निकायका प्रमुखहरुसंग बुधवार नै बैठक वसी विपद व्यवस्थापनका लाग तैयारी अवस्थामा रहेको बताए । 
    उनले सम्बन्धित सबैलाई हाइअलर्ट रहन निर्देशन दिनुका साथै कटान क्षेत्रमा पुगी नियन्त्रणको प्रयास शूरु गरिसकिएको जानकारी पनि दिए ।
    यसैबीच कोशी नदीको बाढीले चारैतीर कोशी नदीले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ मा पर्ने विकट गाउँ गोबरगाढास्थित आधारभुत विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थालेको वडा अध्यक्ष कुशेश्वर यादवले जानकारी दिएका छन् । 
    वर्षायाममा डुंगा प्रयोग गरी मात्र पुग्न सक्ने उक्त गाउँमा कटान शूरु भएको खबर आएपछि नियन्त्रणका लागी आवश्यक प्रयास शूरु गरिएको स्थानीय प्रशासनले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 
आर्थिक अबस्था कमजोर छात्रालाई साईकल तथा शैक्षिक सामग्री बितरण 
स्थानियद्वारा हटिया “सिल”
स्थानियद्वारा हटिया “सिल”