न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा

राजविराज राजविराज
|
बिहिबार, कार्तिक १७, २०७९
|
|
४४ पटक हेरिएको
Shares
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा

सारांश

  •     राजविराज वडा नं.
  • ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडी बिहीबार बिहान १० बजेदेखी दोश्रो पटक आमरण अनसनमा बसेका हुन् ।
  •       सप्तरी जिल्ला अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उनका दाजु उमेश प्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४÷४ धुर जग्गा हुने गरि फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।

    अंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै एक दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडी अनसनमा बसेका छन् । 
    राजविराज वडा नं. ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडी बिहीबार बिहान १० बजेदेखी दोश्रो पटक आमरण अनसनमा बसेका हुन् । 
    सप्तरी जिल्ला अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उनका दाजु उमेश प्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४÷४ धुर जग्गा हुने गरि फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाई छ । 
    जिल्ला अदालतले गरेको पैmसला विरुद्ध उनका दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिए पछी पैmसला कार्यान्वयन प्रक्रिया लम्बीएको हो । 
    यस अघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तिलाई उच्च अदालतका न्यायाधिशहरुले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको साह दम्पत्तिले जानकारी दिए ।
    उच्च अदालत जनकपुर राजविराज इजलाशका उपरजिष्टार उज्जवल न्यौपानेले अदालतमा मुद्दाको चाप बढीरहेको र फौजदारी मुदालाई प्राथमिक्तामा राखेर पैmसला गर्नू पर्ने हुदाँ साह दम्पतीका विषयमा प्रक्रिया अनुसार पालो आएपछी न्यायनिरुपण हुने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?