दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
जनमत पार्टीको मधेश प्रदेश संंसदीय दलका नेता महेश प्रसाद यादवले किसानहरुको समस्या समाधान गर्नेतर्फ प्रदेश सरकारको खासै ध्यान नपुगेको आरोप लगाएका छन् ।
बुधबार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै उनले विगतका प्रदेश सरकारले समेत किसानहरुको समस्याप्रति उत्तरदायित्व बहन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । उनले मधेशका सबै जनता कुनै न कुनै बहानामा किसानसँग जोडिए पनि किसानहरुको समस्याप्रति गम्भिर नभएको जिकिर गरे ।
मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य तथा रोजगारको अवस्था पनि दयनिय रहेकोले प्रदेश सरकार यसप्रति पनि गम्भिर हुनुपर्ने उल्लेख गर्दै प्रदेशसभा सदस्य यादवले रोजगारीको अवस्था सृजना गर्न मधेश प्रदेशमा प्रवल सम्भावना रहेकोले यसप्रति प्रदेश सरकार गम्भिर हुनुपर्ने सुझाव दिए । उनले प्रदेशसभामा कर्मचारी अभाव रहेकोले त्यसलाई पदपूर्ती गरेर पनि केही हदसम्म रोजगारीको अवसर सृजना हुन सक्नेप्रति सुझाव दिए ।
मधेश प्रदेशलाई भ्रष्टाचार हुने प्रदेशको आरोप लागिरहेको बेला भ्रष्टाचार मुक्त प्रदेश बनाउन सबैले संकल्प गर्नु पर्ने बताउँदै संघीयता माथी विभिन्न आक्रमण भइरहेकोमा संघीयता जोगाउन सबै भन्दा बढी मधेश प्रदेशले भूमिका खेल्नु पर्ने तर्क दिए ।
सप्तरी क्षेत्र नं. २ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता यादवले राजनीतिमा आउनु अगावै नेताहरुको हैसियत र प्रदेशसभामा निर्वाचित भइसकेपछिको हैसियतप्रति टिप्पणी समेत गरे ।
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
सारांश
- बुधबार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै उनले विगतका प्रदेश सरकारले समेत किसानहरुको समस्याप्रति उत्तरदायित्व बहन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।
- उनले मधेशका सबै जनता कुनै न कुनै बहानामा किसानसँग जोडिए पनि किसानहरुको समस्याप्रति गम्भिर नभएको जिकिर गरे ।
- मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य तथा रोजगारको अवस्था पनि दयनिय रहेकोले प्रदेश सरकार यसप्रति पनि गम्भिर हुनुपर्ने उल्लेख गर्दै प्रदेशसभा सदस्य यादवले रोजगारीको अवस्था सृजना गर्न मधेश प्रदेशमा प्रवल सम्भावना रहेकोले यसप्रति प्रदेश सरकार गम्भिर हुनुपर्ने सुझाव दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया