दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर समितिले एक सय किलो बराबरको विषादीयुक्त मिठाई नष्ठ गरेको छ ।
मन्दिर परिसर भित्र मिठाई पसलहरुले बिक्रि गर्न राखेको करिब ७० किलो लड्डु र २५ किलो पेडा नियन्त्रणमा समितिले आईतवार नष्ट गरेको हो ।
मिठाई पसलहरुको अनुगमन पश्चात् मानव स्वास्थ्यमा असर गर्ने ठहरिएपछि ती मिठाइहरु नष्ट गरिएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जनाएका छन् ।
उनले पसलहरुको अनुगमन गर्ने कार्य मन्दिर समितिको नभए पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सप्तरीले चासो नलिदा समितिले नै बाध्य भएर अनुगमनपछि नष्ट गरेको जानकारी दिए ।
हिन्दुहरुको महान चाड वडा दशैं नजिकिँदै जाँदा मन्दिर परिसर र सखडा बजारको अनुगमन गरी मदिरा पसलहरु समेत बन्द गराउनघ सम्बन्धित निकायलाई उनले आग्रह पनि गरे ।
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
सारांश
- मन्दिर परिसर भित्र मिठाई पसलहरुले बिक्रि गर्न राखेको करिब ७० किलो लड्डु र २५ किलो पेडा नियन्त्रणमा समितिले आईतवार नष्ट गरेको हो ।
- मिठाई पसलहरुको अनुगमन पश्चात् मानव स्वास्थ्यमा असर गर्ने ठहरिएपछि ती मिठाइहरु नष्ट गरिएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जनाएका छन् ।
- उनले पसलहरुको अनुगमन गर्ने कार्य मन्दिर समितिको नभए पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सप्तरीले चासो नलिदा समितिले नै बाध्य भएर अनुगमनपछि नष्ट गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया