उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा

राजविराज राजविराज
|
सोमबार, कार्तिक २२, २०७८
|
|
२३ पटक हेरिएको
Shares
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा

सारांश

  •     संघका उपाध्यक्ष शंकर दासले आइतबार सोही कार्यक्रम मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
  • केही दिन अघि मात्र तिहार र छठ पर्वको अवसर पारेर यस्तै कार्यक्रम मार्फत उद्योगि लालुप्रसाद अग्रवालले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
  • यसअघि संघका पूर्वअध्यक्ष मनोज मुन्धडाले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 
    उद्योग बाणिज्य संघ सप्तरीको नयाँ नेतृत्वका लागि आउँदो मंसिर ४ गते निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागि शुभकामना आदान प्रदान कार्यक्रम मार्फत उम्मेदबारहरुले धमाधम आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् । 
    संघका उपाध्यक्ष शंकर दासले आइतबार सोही कार्यक्रम मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही दिन अघि मात्र तिहार र छठ पर्वको अवसर पारेर यस्तै कार्यक्रम मार्फत उद्योगि लालुप्रसाद अग्रवालले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि संघका पूर्वअध्यक्ष मनोज मुन्धडाले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । 
    छठको अवसर पारेर आयोजना गरिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष दासले लामो समयदेखी उपाध्यक्ष बनेर संघको व्यवस्थापनको अनुभव रहेकोले सोही अनुभवलाई व्यवसायीको पेशागत हकहित र सुरक्षामा अझ सशक्त रुपमा प्रयोग गर्न उम्मेदवार घोषणा गरेको बताए । 
    उनले आफूले नेतृत्वको जिम्मा पाए सदैब ब्यवसायीको पेशागत हकहित र संघको मर्यादाका लागि काम गर्ने बताउँदै आफ्नो मिशन सप्तरीको समग्र विकास पनि हुने प्रतिबद्धता जनाउदै सहयोगका लागि आग्रह गरे ।
    यता अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको वर्तमान अध्यक्ष अरुण प्रधानले बताए । उनले नयाँ नेतृत्वका लागि आफूले सहमतिमै चयन गर्ने प्रयास गरिरहे पनि अहिलेसम्म सफलता नमिलेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?