क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै

राजविराज राजविराज
|
आइतबार, आषाढ ७, २०७७
|
|
५२ पटक हेरिएको
Shares
क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै

सारांश

  •     परिवारिक श्रोतका अनुसार गत माघ १३ गते सीमावर्ती भारतको कमलपुर ग्राम पंचायतका एक यूवासँग भागेर उनी दिल्ली गएको र जेठ २५ गते उनी एक्लै घर फर्केकी थिइन् ।
  • सोही दिन उनलाई क्वारेन्टाइनमा लगिएको थियो ।
  •       यसरी क्वारेन्टाइनबाट भागेकाहरु समुदायको सम्पर्कमा आउँदा जोखि झनै बढ्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरिरहेका छन् ।

   राजविराज÷राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइनमा रहेकी एक १६ वर्षिया यूवती पिसिआर परिक्षण रिपोर्ट नआउँदै भागेकी छिन् । 
    बिहीबार मध्यरात क्वारेन्टाइनबाट भागेकी उनी दुई महिनाको गर्भवती समेत रहेको उक्त क्वारेन्टाईनका इन्चार्ज एवं स्वास्थ्यकर्मी हरिवंश यादवले जानकारी दिएका छन् ।
    शुक्रबार बिहान क्वारेन्टाईनमा बसेकाहरुको गणना गर्ने क्रममा उनी फरार रहेको खुलेको उनको भनाई छ । गर्भवति भएकाले उनलाई छुट्टै कोठामा एक्लै राखिएको थियो । एक्लै भएकाले ढोका खोली रातीको समयमा विद्यालयको पछाडीपटी रहेको पर्खाल नाघेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।
    परिवारिक श्रोतका अनुसार गत माघ १३ गते सीमावर्ती भारतको कमलपुर ग्राम पंचायतका एक यूवासँग भागेर उनी दिल्ली गएको र जेठ २५ गते उनी एक्लै घर फर्केकी थिइन् । सोही दिन उनलाई क्वारेन्टाइनमा लगिएको थियो । 
    यसरी क्वारेन्टाइनबाट भागेकाहरु समुदायको सम्पर्कमा आउँदा जोखि झनै बढ्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरिरहेका छन् । 
    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले भागेको यूवतीको माइत र अन्य आफन्त कहाँ खोजि गरिए पनि फेला नपरेको जनाउँदै खोजतलास जारि रहेको बताए । 
    यसअघि सोही क्वारेन्टाइनबाट गत मंगलबार पिसिआर रिपोर्ट नआउँदै राजविराज १ निवासी ३२ वर्षिय यूवक भागेका थिइ । उनलाई पछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि प्रहरीले घरबाटै नियन्त्रणमा लिई आइसोलेशनमा पठाएको थियो । 
    यस्तै बैशाख १९ गते पनि डाक्नेश्वरी नगरपालिकास्थित विद्यालयको क्वारेन्टाइनबाट एक १९ वर्षिय यूवा भागेर घर पुगेका थिए । त्यसको भोली पल्टै छरछिमेकले सम्झाई बुझाई उनलाई पुनः क्वारेन्टाइनमै फिर्ता पठाएको थियो । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले क्वारेन्टाइनमा राखिएका आशंकितहरुको स्वाब संकलन तथा प्रारम्भिक उपचारका लगि स्वास्थ्यकर्मीहरु खटाइएको भन्दै सुरक्षाको जिम्मेवारी प्रहरीको रहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?