दैनिक समाचारदाता
राजविराज, १० पुस ।
हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएका सप्तरीका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।
बुधबार नेकपा एमाले सप्तरीले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जिल्ला कार्य समिति, प्रदेश र केन्द्रका पदाधिकारीलाई कदरपत्र र दोसल्लाबाट सम्मान गरेको हो ।
नेकपा एमाले सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिको अध्यक्षतामा आयोजित कार्यक्रमा प्रमुख अतिथि नेकपा एमाले सप्तरीका इन्चार्ज एवं पोलिट व्युरो सदस्य सुमनराज प्याकुरेलले पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरे ।
सो अवसरमा उनले मानवअधिकार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाउन आग्रह सहित पत्रकारको दक्षता अभिवृद्धि, पत्रकारिताको विकास तथा संचार क्षेत्रलाई अझ व्यवस्थित बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले पत्रकार महासंघलाई कसैको झोले संगठनको रुपमा नभई समग्र नेपालीको साझा संगठनको रुपमा अगाडी बढाउन सुझाव समेत दिए ।
कार्यक्रममा एमाले जिल्ला कमिटिका सचिव देवनाथ यादव, जनसंगठन समन्वय सन्यन्त्र सप्तरीका प्रमुख दुर्गानन्द ठाकुर, युवा नेता अखिलेश झा, प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण लगायतकाले पनि शुभकामना दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका नव निर्वाचित अध्यक्ष श्रवणकुमार देव, महिला उपाध्यक्ष सुधा देव, सचिव खगेन्द्र कार्की सहसचिवद्वय डम्बर राई, कृष्णा मंडल, कोषाध्यक्ष नवीन कुमार गुप्ता, सदस्य, रक्षा चौधरी, नर्मदेव यादव, रामनारायण यादव, अरुण यादव, परिष कर्ण लगायतलाई सम्मान गरिएको छ ।
यस्तै प्रदेश पार्षद गणेशलाल देव, नरेश चौधरी, शैलेन्द्र झा, लोकेन्द्र यादव, केन्द्रिय परिषद सदस्य मनोज कुमार माझी तथा पत्रकार महासंघ मधेश प्रदेश उपाध्यक्ष अम्विका दहाललाई सम्मान गरिएको छ ।
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई एमाले सम्मान
सारांश
- बुधबार नेकपा एमाले सप्तरीले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जिल्ला कार्य समिति, प्रदेश र केन्द्रका पदाधिकारीलाई कदरपत्र र दोसल्लाबाट सम्मान गरेको हो ।
- नेकपा एमाले सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिको अध्यक्षतामा आयोजित कार्यक्रमा प्रमुख अतिथि नेकपा एमाले सप्तरीका इन्चार्ज एवं पोलिट व्युरो सदस्य सुमनराज प्याकुरेलले पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरे ।
- सो अवसरमा उनले मानवअधिकार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाउन आग्रह सहित पत्रकारको दक्षता अभिवृद्धि, पत्रकारिताको विकास तथा संचार क्षेत्रलाई अझ व्यवस्थित बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया