स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी

सारांश

  •     नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट दुई–दुई जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
  •     नेपाल विद्यार्थी संघबाट नितिश कुमार यादव र ओम शंकर साह तथा समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट रन्जित कुमार यादव र विनयकुमार यादवले छुट्टाछुट्टै मनोनय दर्ता गराएको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिए ।
  •       यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुबाट मनिषा कुमारी साह, जनमत पार्टी निकट विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट राकेश कुमार यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत यादवले जनाए ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 

    आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने दिन राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको सभापति पदमा सात जनाको उम्मेदवारी परेको छ । 
    नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट दुई–दुई जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
    नेपाल विद्यार्थी संघबाट नितिश कुमार यादव र ओम शंकर साह तथा समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट रन्जित कुमार यादव र विनयकुमार यादवले छुट्टाछुट्टै मनोनय दर्ता गराएको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिए । 
    यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुबाट मनिषा कुमारी साह, जनमत पार्टी निकट विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट राकेश कुमार यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत यादवले जनाए । 
    विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको छुट्टाछुट्टै प्यानलले उक्त मनोनयन दर्ता गराएका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?