असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह

राजविराज राजविराज
|
सोमबार, आश्विन ३, २०७९
|
|
४३ पटक हेरिएको
Shares
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह

सारांश

  •     सो नगरपालिका ३ की ४० वर्षिया घुरनी देवी रामले राजविराजमा पत्रकार सम्मेलन गर्दै पतिको हत्या र नाबालिक छोरीको सामुहिक बलात्कारमा संलग्न आरोपीहरु एकपछी अर्काे गरी धरौटीमा रिहा हुन थालेपछी आफू झन असुरक्षित भएको भन्दै सो आग्रह गरेकी हुन् ।
  •       आयोजित पत्रकार सम्मेलनमा घुरनीले आफ्नो १४ वर्षिया छोरीको २०७५ सालमा छिमेकी कै केही युवाहरुले बलात्कार गरेको बताउँदै उक्त घटनाको २ वर्षपछि पति त्रिभुवनको हत्या भएको बताइन् ।
  •       बलात्कार घटनाको दुई वर्षपछी २०७७ साल असार ३० गते पीडित किशोरीका बुवा त्रिभुवनको गाउँ नजिकै एकान्त स्थलमा हत्या गरी फ्यालिएको अवस्थामा प्रहरीले मृत शरीर फेला पारेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 

    सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिला आफु झन असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी सोमबार संचारकर्मी समक्ष आग्रह गरेकी छिन । 
    सो नगरपालिका ३ की ४० वर्षिया घुरनी देवी रामले राजविराजमा पत्रकार सम्मेलन गर्दै पतिको हत्या र नाबालिक छोरीको सामुहिक बलात्कारमा संलग्न आरोपीहरु एकपछी अर्काे गरी धरौटीमा रिहा हुन थालेपछी आफू झन असुरक्षित भएको भन्दै सो आग्रह गरेकी हुन् । 
    आयोजित पत्रकार सम्मेलनमा घुरनीले आफ्नो १४ वर्षिया छोरीको २०७५ सालमा छिमेकी कै केही युवाहरुले बलात्कार गरेको बताउँदै उक्त घटनाको २ वर्षपछि पति त्रिभुवनको हत्या भएको बताइन् । 
    बलात्कार घटनाको दुई वर्षपछी २०७७ साल असार ३० गते पीडित किशोरीका बुवा त्रिभुवनको गाउँ नजिकै एकान्त स्थलमा हत्या गरी फ्यालिएको अवस्थामा प्रहरीले मृत शरीर फेला पारेको थियो । 
    बलात्कारको घटनालाई मिलाउन गाउस्तरबाट निकै दबाब परे पनि छोरीको बलात्कारमा संलग्नहरुमाथी कडा कारवाही हुनु पर्ने अडान लिएकै कारण त्रिभुवनको हत्या भएको अनुसन्धानको क्रममा खुलेको थियो । 
    किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सोही वडाका बबी चौधरी सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागी अहिले पनि कारागारमा छन् । उनी संगै पक्राउ परेका अन्य चार जना भने केही दिन अघि धरौटीमा रिहा भएका छन् । यस्तै पीडित किशोरीका पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही वडाका प्रभु साह, शम्भु साह, पंकज चौधरी र सुरेन्द्र पाल पनि पुर्पक्षका लागी राजविराज कारागारमा छन् । 
    यसरी कारागारामा रहेकाहरुको आफन्त तथा धरौटीमा रिहा भएकाहरबाट आफुलाइ पनि ज्यान मार्ने धम्की आउन थालेपछी आफु असुरक्षित भएको घुरनी देवीको भनाइ छ । उनले मुद्दा फिर्ता लिन र गाउँ मै कुरा मिलाउन दवाव बद्दै गएकोले न्यायका लागि संचारकर्मी समक्ष आइपुगेको बताइन् ।
    पत्रकार सम्मेलनमा उनका छिमेकी जयप्रसाद रामले यसबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
सप्तरी २ को प्रदेशसभा क मा त्रिपक्षिय भिडन्त
सप्तरी २ को प्रदेशसभा क मा त्रिपक्षिय भिडन्त

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?