असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह

राजविराज राजविराज
|
सोमबार, आश्विन ३, २०७९
|
|
७२ पटक हेरिएको
Shares
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह

सारांश

  •     सो नगरपालिका ३ की ४० वर्षिया घुरनी देवी रामले राजविराजमा पत्रकार सम्मेलन गर्दै पतिको हत्या र नाबालिक छोरीको सामुहिक बलात्कारमा संलग्न आरोपीहरु एकपछी अर्काे गरी धरौटीमा रिहा हुन थालेपछी आफू झन असुरक्षित भएको भन्दै सो आग्रह गरेकी हुन् ।
  •       आयोजित पत्रकार सम्मेलनमा घुरनीले आफ्नो १४ वर्षिया छोरीको २०७५ सालमा छिमेकी कै केही युवाहरुले बलात्कार गरेको बताउँदै उक्त घटनाको २ वर्षपछि पति त्रिभुवनको हत्या भएको बताइन् ।
  •       बलात्कार घटनाको दुई वर्षपछी २०७७ साल असार ३० गते पीडित किशोरीका बुवा त्रिभुवनको गाउँ नजिकै एकान्त स्थलमा हत्या गरी फ्यालिएको अवस्थामा प्रहरीले मृत शरीर फेला पारेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 

    सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिला आफु झन असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी सोमबार संचारकर्मी समक्ष आग्रह गरेकी छिन । 
    सो नगरपालिका ३ की ४० वर्षिया घुरनी देवी रामले राजविराजमा पत्रकार सम्मेलन गर्दै पतिको हत्या र नाबालिक छोरीको सामुहिक बलात्कारमा संलग्न आरोपीहरु एकपछी अर्काे गरी धरौटीमा रिहा हुन थालेपछी आफू झन असुरक्षित भएको भन्दै सो आग्रह गरेकी हुन् । 
    आयोजित पत्रकार सम्मेलनमा घुरनीले आफ्नो १४ वर्षिया छोरीको २०७५ सालमा छिमेकी कै केही युवाहरुले बलात्कार गरेको बताउँदै उक्त घटनाको २ वर्षपछि पति त्रिभुवनको हत्या भएको बताइन् । 
    बलात्कार घटनाको दुई वर्षपछी २०७७ साल असार ३० गते पीडित किशोरीका बुवा त्रिभुवनको गाउँ नजिकै एकान्त स्थलमा हत्या गरी फ्यालिएको अवस्थामा प्रहरीले मृत शरीर फेला पारेको थियो । 
    बलात्कारको घटनालाई मिलाउन गाउस्तरबाट निकै दबाब परे पनि छोरीको बलात्कारमा संलग्नहरुमाथी कडा कारवाही हुनु पर्ने अडान लिएकै कारण त्रिभुवनको हत्या भएको अनुसन्धानको क्रममा खुलेको थियो । 
    किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सोही वडाका बबी चौधरी सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागी अहिले पनि कारागारमा छन् । उनी संगै पक्राउ परेका अन्य चार जना भने केही दिन अघि धरौटीमा रिहा भएका छन् । यस्तै पीडित किशोरीका पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही वडाका प्रभु साह, शम्भु साह, पंकज चौधरी र सुरेन्द्र पाल पनि पुर्पक्षका लागी राजविराज कारागारमा छन् । 
    यसरी कारागारामा रहेकाहरुको आफन्त तथा धरौटीमा रिहा भएकाहरबाट आफुलाइ पनि ज्यान मार्ने धम्की आउन थालेपछी आफु असुरक्षित भएको घुरनी देवीको भनाइ छ । उनले मुद्दा फिर्ता लिन र गाउँ मै कुरा मिलाउन दवाव बद्दै गएकोले न्यायका लागि संचारकर्मी समक्ष आइपुगेको बताइन् ।
    पत्रकार सम्मेलनमा उनका छिमेकी जयप्रसाद रामले यसबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका हजयात्रीलाई बिदाई
सप्तरीका हजयात्रीलाई बिदाई
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
फोटो पत्रकार महासंघ जिल्ला र प्रदेश २ द्वारा पत्रकारका परिवारमाथी आक्रमण गर्ने व्यक्तिमाथी कारवाहीको माँग
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी