एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता

राजविराज राजविराज
|
बिहिबार, माघ २४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता

सारांश

  •     साक्षर नेपाल बर्ष २०७६ सम्बन्धी बिहीबार राजविराजमा आयोजित सरोकारवालाहरूको अभिमुखिकरण कार्यक्रममा सो कुरा प्रतिबद्धता गरिएको हो ।
  •       शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी, काठमाडौको आयोजनमा तथा शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीको समन्वयमा सप्तरीलाई पुर्ण साक्षर बनाउन जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख तथा अध्यक्षहरूले प्रतिबद्धता जनाए ।
  •     सो अवसरमा शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका उप महानिर्देशक चुुडामणी पौडेलले स्थानिय निकाय नभएको कारण साक्षर नेपाल घोषणा गर्न कठिनाई भएको बताउँदै अभियान सफल बनाउन तथा साक्षर जिल्ला घोषणा गर्न सम्पुर्ण स्थानिय सरकारले एकजुट भएर अगाडी बढेमा पूर्ण साक्षर बनाउन समस्या नहुने जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 
    स्थानिय तहका प्रमुखहरूले सप्तरी जिल्लालाई एक बर्ष भित्रै साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
    साक्षर नेपाल बर्ष २०७६ सम्बन्धी बिहीबार राजविराजमा आयोजित सरोकारवालाहरूको अभिमुखिकरण कार्यक्रममा सो कुरा प्रतिबद्धता गरिएको हो । 
    शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी, काठमाडौको आयोजनमा तथा शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीको समन्वयमा सप्तरीलाई पुर्ण साक्षर बनाउन जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख तथा अध्यक्षहरूले प्रतिबद्धता जनाए ।
    सो अवसरमा शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका उप महानिर्देशक चुुडामणी पौडेलले स्थानिय निकाय नभएको कारण साक्षर नेपाल घोषणा गर्न कठिनाई भएको बताउँदै अभियान सफल बनाउन तथा साक्षर जिल्ला घोषणा गर्न सम्पुर्ण स्थानिय सरकारले एकजुट भएर अगाडी बढेमा पूर्ण साक्षर बनाउन समस्या नहुने जिकिर गरे ।
    यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस अघि निरक्षरलाई साक्षर बनाउन अभियान चलाएपनि गाँउगाँउमा अहिले पनि औठा छाप लगाएर समाजिक सुरक्षाका भत्ता बुभ्mने गरेको पाइएको उल्लेख गर्दै जिल्लामा १ लाख ७० हजार निरक्षर भएको तथ्यांक मध्ये १ लाख ६८ हजार साक्षर घोषणा गरिएपनि सो अनुसार नरहेकोमा चिन्ता व्यक्त गरे ।
    कार्यक्रममा सप्तकोशी नगरपालिका प्रमुख उतम गौतमले २०२८ साल देखि नै प्रौढ शिक्षा अभियान चलाउदै आएपनि साक्षर अभियान सफल नभएको बताउदै अब यस अभियानलाई सही तथ्याङ्क अनुसार अगाडी बढाउन स्थानिय तह प्रतिबद्ध रहेको बताए ।
    तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिशकुमार सिंह, रूपनी गाँउपालीका अध्यक्ष हरेराम यादब, अग्नीसाईर कृष्णासवरण गाँउपालिका अध्यक्ष परशुनारायण चौधरी, शिक्षा बिभाग निर्देशक गेहेनाथ गौतम, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख शंकर लुईटेल, बिनि दिपकुमार यादब, शिक्षक महासतास्ंघ सप्तरी अध्यक्ष दिनेश यादब, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभ द चिल्ड्रेनका ओमप्रकाश साह, लगायतका स्थानिय तहका प्रमुख तथा अध्यक्ष तथा सरोकारवाला निकायहरूले साक्षर नेपाल अभियानलाई सफल बनाउन एकजुट भएर अगाडी बढनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
लैङ्गिक हिंसा बिरूद्ध ¥याली
लैङ्गिक हिंसा बिरूद्ध ¥याली
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी