भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ

राजविराज राजविराज
|
आइतबार, आश्विन २, २०७९
|
|
६७ पटक हेरिएको
Shares
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ

सारांश

  •     शनिबार राती करिब ८ बजेतिर राजबिराज नगरपालिका वडा न.
  • १६ बोरिया स्थित प्रहरी टोलीले दक्षीणबाट आउदै गरेको स.
  • ९.

दैनिक समाचारदाता
राजविराज, २ असोज । 

    सप्तरी प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको पान मसाला लगायत अन्य सामानहरुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 
    शनिबार राती करिब ८ बजेतिर राजबिराज नगरपालिका वडा न. १६ बोरिया स्थित प्रहरी टोलीले दक्षीणबाट आउदै गरेको स.९.प.४५१३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएका रजनीगन्धा ५९ र तुलसी पत्ता १ झोला बरामद गरेको छ । सो मोटरसाईकलमा सवार सप्तरीको छिन्नमस्ता गाँउपालिका ४ निवासी २२ वर्षिय कमलेश रजकलाई समेत नियन्त्रणमा लिएको छ । 
    प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल, सामानको मुल्याङकन गरी र व्यक्तिसहितलाई आवश्यक कारवाहीको लागी राजबिराज भंसार कार्यालय तिलाठी पठाइएको जनाएको छ । 
    यस्तै प्रहरीले आइतबार बोदेबरसाईन नगरपालिका वडा नं. ७ कुशमहा स्थितमा भारतीय नम्बरको बीआर–०७ए.एच३३८० नं. को मोटरसाइकलसहित भारतको सितमढी बस्ने २० बर्षका बिकाश कुमार सहनीलाई भन्सार छली चोरी निकासी गरी ल्याएका २३ थान डसना बरामद गरेको छ । 
    बरामद डसना, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय तिलाठी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?