दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
राजविराज जेसिजले वातावरण संरक्षण तथा जेसिज अभियानलाई समाजमा स्थापित गर्ने उद्देश्यले वृक्षारोपण गरेको छ ।
जेसिजको कार्यालय परिसरमै सोमबार आयोजित कार्यक्रममा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन समेत गरिएको छ ।
संयोजक सौरभ सिंहको संयोजनमा बृक्षरोपन कार्यक्रम पश्चात् राजविराज जेसीजले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्द, पूर्व अध्यक्षहरू तथा राजविराज जेसीज २०२४ का कार्यसमितिद्वारा सामूहिक रुपमा भित्तेपात्रो विमोचन गरिएको थियो ।
अध्यक्ष जेसी विप्लव आनन्दले जेसीजको मूलमन्त्र अनुसार नेतृत्व र व्यक्तित्व अनुसार आफूलाई अग्रसर बनाउनुपर्नेमा जोड दिए ।
यस्तै वर्ष २०१३ का अध्यक्ष मनोहर पोखरेलले युवाहरूको नेतृत्व र क्षमता विकासको लागि जेसिजको भुमिका महत्वपूर्ण रहेको भन्दै राजविराज जेसीजको संस्थागत विकासको लागि यस किसिमका कार्यक्रमले जेसीजको बारेमा युवाहरूलाई अकार्षित गर्ने बताए ।
उनले वर्तमान विश्व जलवायु परिवर्तनको समस्यालाई लिएर चिन्तित बनिरहेको बेला वृक्षारोपण कार्यले कार्बनडाइअक्साइड उत्सर्जन रोक्न मद्दत पुग्ने तर्क दिए ।
महासचिव पंकज कुमार देवद्वारा सञ्चालित कार्यक्रममा जेसीआई राजविराजका पूर्वअध्यक्ष, जेसीआई राजविराज २०२४ का कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
सारांश
- जेसिजको कार्यालय परिसरमै सोमबार आयोजित कार्यक्रममा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन समेत गरिएको छ ।
- संयोजक सौरभ सिंहको संयोजनमा बृक्षरोपन कार्यक्रम पश्चात् राजविराज जेसीजले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
- राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्द, पूर्व अध्यक्षहरू तथा राजविराज जेसीज २०२४ का कार्यसमितिद्वारा सामूहिक रुपमा भित्तेपात्रो विमोचन गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया