राजविराज÷सप्तरीमा पहिलो पटक अन्तर विद्यालय स्तरिय ८ देखी १३ वर्ष उमेर समूहको फुटवल प्रतियोगिता शनिबारदेखी सुरु भएको छ ।
जिल्ला फुटवल सँघ सप्तरी तथा भिम दल गणको संयुक्त आयोजना र राजविराज नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगितामा ८ देखि १३ वर्ष उमेर समुहका ८ विद्यालयका छात्र छात्राहरुको टिमको सहभागीता रहेको छ ।
एन्फा प्रशिक्षक रमेश श्रेष्ठका अनुसार बालबालिकालाई शिक्षा सँगसँगै खेलकुद प्रति प्रोत्साहित गर्ने तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले सप्तरीमा सो प्रतियोगिता सुरु भएको जानकारी दिएका छन् ।
स्थानिय भिमदलगणको खेल मैदानमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवर र जिल्ला फुटवल संघका अध्यक्ष देवेन्द्रमान सिंह बस्नेतले संयुक्त रुपमा रेफरीलाई बल हस्तान्तरण गरी उदघाटन गरे ।
उद्घाटन दिन ४ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा छात्र तर्फबाट हयाप्पिलैण्ड बोर्डिङ स्कुलले पिसजोन बोर्डिङ स्कुललाई २–१ गोल अन्तरले तथा सृजना बोर्डिङ स्कुलले प्रिपियर बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै ३–३ अंक बटुलेको छ ।
यस्तै छात्रा तर्फ उग्रकान्त बोर्डिङ स्कुलले हयाप्पिलैण्ड बोर्डिङ स्कुललाई १–० तथा लक्ष्मी बोर्डिङ स्कुलले गौतम सिसुन सदनलाई १–० अन्तरले हराउँदै ३–३ अंक जोडेको छ ।
प्रतियोगिता सदघाटन समारोहमा प्रमुख सेनानी कुवरले नेपाली सेनाले बंन्दुक मात्र नभई राष्ट्रका लागि र स्वास्थ्यका लागी खेलकुद पनि खेलाउने गरेको संदेश दिन खेलकुदमा सहकार्य गरेको बताए ।
जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष देवेन्द्रमान सिंह बस्नेतले बालबालिकाको खेल विकासका लागी एन्फाले ग्रासरुट फुटवल कार्यक्रम सुरु गरेको र सोही कार्यक्रम अनुरुप सेनासँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको बताए ।
राउण्ड रोबिन लिगको आधारमा संचालित प्रतियोगिता २८ गते सम्म चल्ने तथा विजेता उपबिजेता टिमलाई कप, शिल्ड, मेडल र प्रमाणपत्र लगायतका पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष उमेर समुहको फुटवल प्रतियोगिता
सारांश
- स्थानिय भिमदलगणको खेल मैदानमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवर र जिल्ला फुटवल संघका अध्यक्ष देवेन्द्रमान सिंह बस्नेतले संयुक्त रुपमा रेफरीलाई बल हस्तान्तरण गरी उदघाटन गरे ।
- उद्घाटन दिन ४ खेल सम्पन्न भएका छन् ।
- पहिलो खेलमा छात्र तर्फबाट हयाप्पिलैण्ड बोर्डिङ स्कुलले पिसजोन बोर्डिङ स्कुललाई २–१ गोल अन्तरले तथा सृजना बोर्डिङ स्कुलले प्रिपियर बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै ३–३ अंक बटुलेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया