दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
बैदेशिक रोजगारका क्रममा एजेन्ट तथा दलालहरुबाट ठगिएकाहरुलाई न्याय दिलाउन अहम भूमिका निर्वाह गरेको भनदै सप्तरी सामुदायिक विकास केन्द्र नेपालले सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई सम्मान तथा बिदाई गरेको छ ।
मंगलबार संस्थाले एक कार्यक्रमको आयोजना गरि सरुवा भएर पोखरा जान लागेका प्रहरी उपरिक्षक विष्टलाई दोसल्ला ओढाई तथा प्रशंसापत्र प्रदान गरि सम्मान गरेको हो ।
संस्थाद्वारा आयोजित सम्मान तथा बिदाई कार्यक्रममा सामी प्रयोजना अन्तरगत अप्रावासी श्रोत केन्द्रलाई उपलब्धीमूलक बनाउन तथा बैदेशिक रोजगारीमा जाने कामदारलाई ठगि गर्ने एजेन्ट तथा दलालहरुलाई कानुनी दायरामा ल्याई बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन योगदान पु¥याए वापत उनलाई सम्मान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताए ।
सो अवसरमा सामी प्रयोजनाका सप्तरी कार्यक्रम अधिकृत देवनारायण चौधरी, सामी कै प्रदेश नं. १ का कार्यक्रम संयोजक कोपिला दाहाल, संस्थाका पदाधिकारी तथा अप्रवासी हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित
सारांश
- मंगलबार संस्थाले एक कार्यक्रमको आयोजना गरि सरुवा भएर पोखरा जान लागेका प्रहरी उपरिक्षक विष्टलाई दोसल्ला ओढाई तथा प्रशंसापत्र प्रदान गरि सम्मान गरेको हो ।
- संस्थाद्वारा आयोजित सम्मान तथा बिदाई कार्यक्रममा सामी प्रयोजना अन्तरगत अप्रावासी श्रोत केन्द्रलाई उपलब्धीमूलक बनाउन तथा बैदेशिक रोजगारीमा जाने कामदारलाई ठगि गर्ने एजेन्ट तथा दलालहरुलाई कानुनी दायरामा ल्याई बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन योगदान पु¥याए वापत उनलाई सम्मान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताए ।
- सो अवसरमा सामी प्रयोजनाका सप्तरी कार्यक्रम अधिकृत देवनारायण चौधरी, सामी कै प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया