दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिकामा आगो ताप्ने क्रममा साडीमा आगो लागेर गम्भीर घाईते भएकी एक महिलाको उपचारको क्रममा बुधवार विहान मृत्यु भएको छ ।
सो गाउँपालिका ३ मटिगढा निवासी बन्दीलाल भगतकी ५० वर्षिया श्रीमती द्रोपदी कुमारी भगतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फागुन ३ गते विहान घर नजिकै आगो ताप्दै गर्दा उनले लगाएको साडीमा अचानक आगो सल्केर उनी गम्भीर घाईते भएकी थिइन । स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा प्रारम्भीक उपचार पछी उनलाई धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिानमा भर्ना गरिएको थियो । त्यहाा केही सुधार भएपछी २ दिन अघी उनलाई आफन्तले घर ल्याएका थिए ।
तर फेरी स्थास्थ्यमा समस्या देखिएपछी उनलाई उपचारका लागी बोदेबर्साइन नगरपालिका स्थित नयना हेल्थ केयर डियोलोजेस्टिक अस्पतालमा भर्ना गरिएकोमा उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा उक्त दुःखद घटना भएको भन्दै प्रहरीले आवश्यक सर्तकता अपनाउन सबै संग अनुरोध गरेको छ ।
आगो ताप्ने क्रममा जलेर गम्भिर घाईते भएकी महिलाको मृत्यु
सारांश
- सो गाउँपालिका ३ मटिगढा निवासी बन्दीलाल भगतकी ५० वर्षिया श्रीमती द्रोपदी कुमारी भगतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार फागुन ३ गते विहान घर नजिकै आगो ताप्दै गर्दा उनले लगाएको साडीमा अचानक आगो सल्केर उनी गम्भीर घाईते भएकी थिइन ।
- स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा प्रारम्भीक उपचार पछी उनलाई धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिानमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया