दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २, २०८०
|
|
३८ पटक हेरिएको
Shares
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह

सारांश

  •     समितिको बिहीबार बसेको बैठकले जिल्लास्थित स्थानिय तहहरुले आ–आफ्नो पालिकामा रहेका दमकल २४ औं घण्टा चालकसहित संचालन गर्न सक्ने अवस्थामा राख्ने र तत्काल प्रतिकार्यमा जुट्ने, विपद् प्रतिकार्यका लागि आवश्यक राहत तथा उद्दारका सामाग्रिको मौजुदा विवरण तयार गरी पठाउने निर्णय गरेको छ ।
  •        विपद्को समयमा दमकल तथा एम्बुलेन्स जस्ता सवारी साधन उद्दार गर्ने स्थलसम्म पुग्ने बाटो नभएमा ठूलो जनधनको क्षति हुन सक्ने भएकोले सो बाटोलाई स्थानिय तह स्वयमले वा सम्बन्धीत सडक आयोजना कार्यालयले सवारी साधन जाने योग्य बाटो निर्माण गर्ने व्यवस्था समयमै मिलाउने निर्णय समेत गरिएको छ ।
  •       यस्तै जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्थित सुरक्षा निकायको संयुक्त आयोजनामा स्थानिय तह तथा सरोकारवालाहरुको सहकार्यमा चैत १५ गते आगलागिजन्य विपद् सम्बन्धी कृत्रिम अभ्यास तथा सो सम्बन्धी जनचेतनामूलक प्रदर्शन संचालन गर्ने निर्णय गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २ चैत ।  

    जिल्ला विपद व्यवस्थापन समिति सप्तरीले सुख्खा मौसममा आगलागि तथा हावाहुरीबाट विभिन्न घटनाहरु हुन सक्ने प्रवल सम्भावना रहेको भन्दै यस्ता घटना हुन नदिन तथा न्युनिकरणका लागि सरोकारवाला निकायहरुसँग पूर्वतयारीका लागि विभिन्न निर्णयहरु गरेको छ ।  
    समितिको बिहीबार बसेको बैठकले जिल्लास्थित स्थानिय तहहरुले आ–आफ्नो पालिकामा रहेका दमकल २४ औं घण्टा चालकसहित संचालन गर्न सक्ने अवस्थामा राख्ने र तत्काल प्रतिकार्यमा जुट्ने, विपद् प्रतिकार्यका लागि आवश्यक राहत तथा उद्दारका सामाग्रिको मौजुदा विवरण तयार गरी पठाउने निर्णय गरेको छ ।   
    विपद्को समयमा दमकल तथा एम्बुलेन्स जस्ता सवारी साधन उद्दार गर्ने स्थलसम्म पुग्ने बाटो नभएमा ठूलो जनधनको क्षति हुन सक्ने भएकोले सो बाटोलाई स्थानिय तह स्वयमले वा सम्बन्धीत सडक आयोजना कार्यालयले सवारी साधन जाने योग्य बाटो निर्माण गर्ने व्यवस्था समयमै मिलाउने निर्णय समेत गरिएको छ । 
    यस्तै जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्थित सुरक्षा निकायको संयुक्त आयोजनामा स्थानिय तह तथा सरोकारवालाहरुको सहकार्यमा चैत १५ गते आगलागिजन्य विपद् सम्बन्धी कृत्रिम अभ्यास तथा सो सम्बन्धी जनचेतनामूलक प्रदर्शन संचालन गर्ने निर्णय गरेको छ । 
    स्थानिय तहहरुले विपद्जन्य घटना आगलागि, हावाहुरीको प्रतिकार्यको लागि समन्वयात्मक रुपमा परिचालित हुने तथा जिल्ला र स्थानीय समितिबीच सूचना आदान प्रदान गर्ने, आगलागि, हुवाहुरी, चट्याङ तथा विपद्बाट घटना हुन नदिन रेडक्रस सोसाइटी शाखा कार्यालय, सप्तरी र जिल्लास्थित गैससले समन्वयात्मक रुपमा सचेतनामूलक सामाग्रिहरु राष्ट्रिय र स्थानिय भाषामा विभिन्न संचार माध्यमबाट प्रसारण गर्न व्यवस्था मिलाउने निर्णय गरिएको छ । 
    यसैगरि स्थानिय तहमा विपद् प्रतिकार्यको लागि स्वयमसेवक तयार गर्न जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानिय तहसँग सहकार्यमा इच्छुक प्रशिक्षार्थीलाई नेपाली सेना मार्फत प्रशिक्षण संचालन गर्ने निर्णय गर्दै चट्याङ तथा आगलागि पीडित परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमा प्राप्त बजेटबाट चट्याङबाट मृत्यु भएका तीन जना परिवारलाई २÷२ लाखको दरले ६ लाख र आगलागिबाट पीडित ६० जना घर परिवारलाई १५÷२० हजारका दरले २०८० साउनदेखी फागुन मसान्तसम्मा ८ लाख ३८ हजार गरी जम्मा १४ लाख ३८ हजार प्रदान गरिएको बैठकबाट अनुमोदित गरिएको छ । 
    जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा सम्पन्न बैठकमा पालिका प्रमुख, सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडीमा बाढी पूर्व तयारी अभ्यास
तिलाठी कोइलाडीमा बाढी पूर्व तयारी अभ्यास
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
प्रदेश २ सरकार विघटन नहुने, राजपा र समाजवादी पार्टी एकीकरणतिर अग्रसर
सडेगलेको अवस्थामा महिलाको शव फेला 
सडेगलेको अवस्थामा महिलाको शव फेला 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
ग्यास लिक भएर आगलागि हुँदा  लाखौंको धनमाल जलेर नष्ट 
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी
उदयपुरलाई प्रथम मेयर गोल्डकपको उपाधी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु