राजविराज÷सरकारी र मिथिला क्यालेन्डरमा सरस्वती पूजाको फरक÷फरक तिथि देखाएपछि सरस्वती पुजा दुई दिन मनाइदै छ । कतिपयले शनिबार नै पूजा सम्पन्न गरेका छन् भने कतिपयले आइतबार गर्ने बताएका छन् ।
बसन्त पञ्चमीका दिन विद्यार्थी तथा शिक्षकले आस्थापूर्वक मनाउने सरस्वती पूजा शनिबार पनि मनाइएको छ । सो पूजा कतिपयले आइतबार पनि मनाउदै छन् ।
यता शनिबार नै जिल्लाका अधिकांश विद्यालय तथा नगरका विभिन्न टोलमा मूर्ती स्थापना गरि सरस्वती पूजाको आयोजना गरिएको छ ।
यस पूजामा उपयोग गरिने बयर, केसोर, गाजर, सन्ुतला, स्याउ, बुनिया लगायतका प्रसाद सामाग्रि पसलमा बिहानैदेखी श्रद्धालुहरुको भिड देखिन्थ्यो । तर अधिकांशले मूर्तीदेखी पूजा सामाग्रिको मुल्य आकाशिएको गुनासो पनि गरिरहेका थिए ।
सरस्वतीको सेतो वर्ण ज्योतिमय ब्रह्माको प्रतिक मानिन्छ । सरस्वतीको आर्शिवाद बिना यो विद्या प्राप्त गर्न सकिदैन भन्ने जनविश्वास छ । यही विश्वासका साथ प्रत्येक वर्ष विद्याकी देवी सरस्वतीलाई श्री पञ्चमीको दिन विद्यार्थीले माता सरस्वतीको रुपमा पूजाअर्चना गर्ने परम्परा रही आएको छ ।
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि सरस्वती पुजा दुई दिन मनाइदै
सारांश
- यस पूजामा उपयोग गरिने बयर, केसोर, गाजर, सन्ुतला, स्याउ, बुनिया लगायतका प्रसाद सामाग्रि पसलमा बिहानैदेखी श्रद्धालुहरुको भिड देखिन्थ्यो ।
- तर अधिकांशले मूर्तीदेखी पूजा सामाग्रिको मुल्य आकाशिएको गुनासो पनि गरिरहेका थिए ।
- सरस्वतीको सेतो वर्ण ज्योतिमय ब्रह्माको प्रतिक मानिन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया