समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली

राजविराज राजविराज
|
बिहिबार, पौष ११, २०८१
|
|
६५ पटक हेरिएको
Shares
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली

सारांश

  •     चौथो जेष्ठ नागरिक राष्ट्रिय दिवसको अवसर पारेर विहिवार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पूर्व कर्मचारी सेवा परिषद नेपाल सप्तरीले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमको प्रमुख आतिथ्यको आसन्नबाट उनले यस्तो बताएका हुन् ।
  •     न्यायाधिश ज्ञवालीले ज्येष्ठ नागरिकहरु समाजमा ज्यँुदा इतिहास भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नु पर्नेमा जोड समेत दिए ।
  •       उनले भने “ज्येष्ठ नागरिक हाम्रो देशको गहना, सम्पदा र अमूल्य सम्पती हो, उनीहरुको सुृरक्षा र संरक्षण, घरपरिवार, टोल, समाज र सरकार सबैले मिलेर गर्नू पर्छ ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस । 

    उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधिश बामदेव ज्ञवालीले ज्येष्ठ नागरिक समाजका ज्यूँदा इतिहास भएकाले उनीहरुको संरक्षण जरुरी रहेको बताएका छन् । 
    चौथो जेष्ठ नागरिक राष्ट्रिय दिवसको अवसर पारेर विहिवार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पूर्व कर्मचारी सेवा परिषद नेपाल सप्तरीले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमको प्रमुख आतिथ्यको आसन्नबाट उनले यस्तो बताएका हुन् ।
    न्यायाधिश ज्ञवालीले ज्येष्ठ नागरिकहरु समाजमा ज्यँुदा इतिहास भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नु पर्नेमा जोड समेत दिए । 
    उनले भने “ज्येष्ठ नागरिक हाम्रो देशको गहना, सम्पदा र अमूल्य सम्पती हो, उनीहरुको सुृरक्षा र संरक्षण, घरपरिवार, टोल, समाज र सरकार सबैले मिलेर गर्नू पर्छ ।”
    उनले तुलनात्मकरुपले नेपालको अहिलेको संविधान ज्येष्ठ नागरिकका लागी फराकिलो बनाईएको छ । “ऐन कानुनमा ज्येष्ठ नागरिकको हेरचार र पालनपोषण गर्नु हरेक नागरिकको कतब्र्य हुने र राज्यले विशेष संरक्षण दिने व्यवस्थामा छ ।” न्यायाधिश ज्ञवालीले भने– “तर दुर्भाग्य ज्येष्ठ नागरिक ज–जसबाट संरक्षित हुनु पर्ने हो उसैबाट अपहेलित र असुरक्षित हुने क्रम बढ्दो छ ।” 
    कार्यक्रममा ८० वर्ष भन्दा माथीका राजविराज नगरपालिका भित्रका ज्येष्ठ नागरिक नित्यानन्द देव, हरिनारायण यादव, बद्री राजभण्डारी, दशरथ सुनरैत यादव र जसवा सदालाई दोसल्ला तथा करदपत्रबाट सम्मान गरिएको छ । 
    नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्सालीले ज्येष्ठ नागरिक घर परिवार र समाजबाटै अपहेलित हुने गरेको भन्दै यसमा सुधारको आवश्यक्ता औल्याए । ज्येष्ठ नागरिकको जिवनयापन सहज बनाउन परिवार, समाज र संस्थाको भर नपरि राज्यले आफै दायित्व लिनुपर्ने उनको कथन छ । 
    नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझीले बाबुआमा समान ज्येष्ठ नागरिक समाजका प्रेरणाका श्रोत र अनुभवको खानी रहेको भन्दै उनीहरुबाट वर्तमान र भावीपूस्ताले धेरै कुरा सिक्नु पर्नेमा जोड दिए । 
    ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका अध्यक्ष रामनरेश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका सचिव एवं प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा, पूर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीका पूर्वअध्यक्षद्वय प्रयागलाल यादव, सुगम्बर यादव, ज्येष्ठ नागरिक वडासमितिका सभापति सत्यनारायण देव, नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष मन्जु सारदा, समाजसेवी हितनारायण लाल दास लगायतले पनि बोल्दै ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।      

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान
जन्मदिन मनाउने खर्च  जोगाएर असायलाई सहयोग
जन्मदिन मनाउने खर्च  जोगाएर असायलाई सहयोग
पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनामा बिरामी मृत्यु
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?