हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन

राजविराज राजविराज
|
बुधबार, कार्तिक १०, २०७८
|
|
२८ पटक हेरिएको
Shares
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन

सारांश

  •     विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा बुधबार राजविराजमा हिन्दुवादी संघसंगठनको संयुक्त सहभागितामा भएको प्रदर्शन पश्चात् सो पुतला दहन गरिएको हो ।
  •       स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको हिन्दु धर्मावलम्बीहरुको जुलुसले आतंक मुर्दावाद, विश्वभरीका हिन्दु एक हौं, हिन्दु राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
  • उनीहरुले उक्त अमानविय र आंतकारी घटनामा संलग्न दोषिहरुलाई कडा कारवाहीका लागि विश्वभरबाट नै हिन्दु समुदायले दवाव दिनु पर्नेमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
    बंगलादेशमा रहेका हिन्दुहरुमाथी भएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाको पक्षमा अभिव्यक्ति दिएको भन्दै बंगलादेशकी महिला नेतृ बेगम खालिदा जियाको पुतला दहन गरिएको छ ।  
    विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा बुधबार राजविराजमा हिन्दुवादी संघसंगठनको संयुक्त सहभागितामा भएको प्रदर्शन पश्चात् सो पुतला दहन गरिएको हो । 
    स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको हिन्दु धर्मावलम्बीहरुको जुलुसले आतंक मुर्दावाद, विश्वभरीका हिन्दु एक हौं, हिन्दु राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । उनीहरुले उक्त अमानविय र आंतकारी घटनामा संलग्न दोषिहरुलाई कडा कारवाहीका लागि विश्वभरबाट नै हिन्दु समुदायले दवाव दिनु पर्नेमा जोड दिएका थिए ।  
    हिन्दु धर्मावलम्बीमाथी भएको आक्रमण तथा हत्या हिंसा गर्ने आक्रमणकारीको पक्षमा अभिव्यक्ति दिएकी बंगलादेश नेस्नलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको पुतला दहन गरेको विश्व हिन्दु परिसद् सत्संग विभाग सगरमाथा सम्भागका सहसंयोजक जंगबहादुर सिंहले जानकारी दिए । 
    प्रदर्शनपछि आयोजित कोणसभामा परिसद्का जिल्ला अध्यक्ष रामकिसुन साह, सचिव दिगम्बर यादव, हिन्दु राष्ट्र स्वभिमान जागरण अभियानका संयोजक रमाकान्त यादव, हिन्दुवादी अगुवा भोगेन्द्र झा लगायतले बोल्दै बंगलादेशमा हिन्दु धर्मावलम्बी तथा मन्दिरहरुमा भएको आक्रमणलाई आंतकवादी कार्यको संज्ञा दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?