दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
आगामी चैत २ गतेदेखी सप्तरीको राजगढ गाउँपालिकामा हुन लागेको सीताराम नाम संकिर्तन तथा बिष्णु महायज्ञका लागि दु्रतगतिमा तयारी भइरहेको जनाइएको छ ।
महायज्ञको तयारीका लागि गठित मूल आयोजक समितिले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो ।
समितिका संरक्षक जगतनन्दन दास (पगला बबा) ले आयोजित पत्रकार सम्मेलनमा विश्व शान्तिका लागि सो महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिएका छन् । उनले सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनामा आगामी चैत २ गतेदेखी ११ गतेसम्म आयोजना हुने उक्त महायज्ञको ध्वजारोहन माघ ७ गते सम्पन्न भएपछि महायज्ञको तयारी द्रतगतिमा भइरहेको बताए ।
महायज्ञमा भारतको हिमाचल प्रदेश प्रान्तका जगतगुरु सरदानन्द समेतको सभागिता हुने बताउँदै संरक्षक दासले उक्त महायज्ञका ५ लाख श्रद्धालु, भक्तजन तथा आममानिसको सहभागिता हुने दाबी समेत गरे ।
“अहिले मुलुकमा विभिन्न खाले विपद् आइरहेको छ, विभिन्न खाले द्वन्द्व, विभेद तथा मतभेद उत्पन्नको अवस्था छ, सोको निराकरणका लागि महायज्ञ आवश्यक छ ।” उनले भने महायज्ञ सप्तरीमा मात्र नभएर आगामी जेठ सम्ममा संघीय राजधानी काठमाडौंमा सम्पन्न गराउन पहल समेत भइरहेको छ ।
सो पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष गजेन्द्र कुमार मण्डलले महायज्ञमा १ सय ९ वटा मण्डपको तयारी अन्तिम चरणमा रहेको तथा सो मण्डपमा २ हजार ४ सय किर्तन मण्डलीको सहभागिता रहने जानकारी दिए ।
महायज्ञका लागि एक करोड भन्दा बढी रकमको आवश्यकता पर्ने हुनाले त्यसका लागि विभिन्न उपसििमत गठन गरि आर्थिक संकलन कार्य भइरहेको बताउँदै अध्यक्ष मण्डलले आफूहरुले नगद भन्दा बढी यज्ञका लागि चाहिने आवश्यक सामाग्रिहरुको व्यवस्थामा जुटेको बताए ।
यसअघि माघ ७ गते संरक्षक दासको प्रमुख अतिथ्य तथा प्रदेश २ का उद्योग पर्यटन राज्यमन्त्री सुरेश मण्डलले संयुक्त रुपमा महायज्ञको धोजारोहन गरेका थिए ।
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै
सारांश
- महायज्ञको तयारीका लागि गठित मूल आयोजक समितिले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो ।
- समितिका संरक्षक जगतनन्दन दास (पगला बबा) ले आयोजित पत्रकार सम्मेलनमा विश्व शान्तिका लागि सो महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।
- उनले सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनामा आगामी चैत २ गतेदेखी ११ गतेसम्म आयोजना हुने उक्त महायज्ञको ध्वजारोहन माघ ७ गते सम्पन्न भएपछि महायज्ञको तयारी द्रतगतिमा भइरहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया