आजदेखी स्थानिय तहका कर्मचारी आन्दोेलनमा 

राजविराज राजविराज
|
सोमबार, पौष २, २०७५
|
|
४५ पटक हेरिएको
Shares
आजदेखी स्थानिय तहका कर्मचारी आन्दोेलनमा 

सारांश

  •     स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिले सम्बन्धित सबै निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो ।
  •       सप्तरीका विभिन्न स्थानिय स्तरका क्रियाशिल सबै संघ, संगठन, यूनियन, एशोसिएशनहरुको संयुक्त आन्दोलन परिचालन समितिको शनिबार सम्पन्न बैठकले विभिन्न ११ बुँदे माँग राख्दै सो आन्दोलनको घोषणा गरेको हो ।
  •       आन्दोलन परिचालन समिति सप्तरीका संयोजक कमलेश्वर बिराजी, डिन सप्तरीका अध्यक्ष इन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य खुर्सैद इकराम, नेनापा एशोसिएशनका केन्द्रिय सदस्य उमेश प्रसाद यादव, प्रधुम्न पोखरेल र प्रदेश २ का प्रादेशिक समिति सचिव गंगाराम साहद्वारा जारि विज्ञप्तिमा पुस १ गतेदेखी माँगहरु पुरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ पुस ।
    पेशागत स्थायित्व र कर्मचारी ंसमायोजनका लागी सबै कर्मचारीबीच समान व्यवहार नभएको भन्दै स्थानिय तहका कर्मचारी आन्दोेलनमा उत्रेका छन ।
    स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिले सम्बन्धित सबै निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो । 
    सप्तरीका विभिन्न स्थानिय स्तरका क्रियाशिल सबै संघ, संगठन, यूनियन, एशोसिएशनहरुको संयुक्त आन्दोलन परिचालन समितिको शनिबार सम्पन्न बैठकले विभिन्न ११ बुँदे माँग राख्दै सो आन्दोलनको घोषणा गरेको हो । 
    आन्दोलन परिचालन समिति सप्तरीका संयोजक कमलेश्वर बिराजी, डिन सप्तरीका अध्यक्ष इन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य खुर्सैद इकराम, नेनापा एशोसिएशनका केन्द्रिय सदस्य उमेश प्रसाद यादव, प्रधुम्न पोखरेल र प्रदेश २ का प्रादेशिक समिति सचिव गंगाराम साहद्वारा जारि विज्ञप्तिमा पुस १ गतेदेखी माँगहरु पुरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जनाइएको छ । 
    आन्दोलनका कार्यक्रम अनुसार पुस २ गते सांकेतिक बिरोध स्वरुप देशभरका स्थानिय तहमा कामकाज बन्द गरी कार्यालय परिसरमै धर्ना बस्ने, ३ गते बिहान १० बजेदेखी १२ बजेसम्म स्थानिय तहका कार्यालयहरुमा कालोपट्टी बाँधेर कामकाज ठप्प पार्ने, ४ गते २ बजेसम्म काकमकाज ठप्प, ५ गते ३ बजेसम्म कामकाज ठप्प, ६, ७, ८, ९ र १० गते दिनभर कामकाज ठप्प र ११ गते बिरोधसभा गर्ने निर्णय भएको छ । 
    स्थानिय तहमा अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालकलाई सर्वोच्च अदालतद्वारा २०७४ साल पुस २१ गतेको फैसला आदेशको कार्यान्वयन हुनुपर्ने, स्थानिय निकायका कर्मचारीको स्थायित्व साथै सेवा निरन्तरताको व्यवस्था, साविक स्थानिय निकायका श्रेणी बिहीन कर्मचारीहरुको स्तरबृद्धि र तहको बढुवा लगायत बृत्ति विकास तत्काल लागु गर्नुपर्ने लगायतका माँगहरु रहेको छ । 
    यता आन्दोलनवाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमायाचना गर्दै विज्ञप्तिमा जायज माग. पुरा गराउन सम्पुर्ण राजनैतिक दल, पेशागत संघ–सगठन, पत्रकार, अधिकारकर्मी, जनप्रतिनिधी र नागरिक समाजसग सहयोगका लागी आग्रह समेत गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
डाक्नेश्वरीका वडा अध्यक्षको निधन, ३ वडा जनप्रतिनिधीविहिन
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
काँग्रेस नेतृ साहको निधन 
काँग्रेस नेतृ साहको निधन 
लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै नेवि संघद्वारा मसाल जुलुस प्रदर्शन
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
कोरोनाका त्रासकाबीच रमजान सुरु 
कोरोनाका त्रासकाबीच रमजान सुरु