सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते

राजविराज राजविराज
|
आइतबार, चैत्र १२, २०७९
|
|
१०५ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते

सारांश

  •     पछिल्लो पटक जिल्लाको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा स्कुटिले एक पैदल यात्रीलाई ठक्कर दिएको छ ।
  • सो ठक्करबाट स्थानिय १२ वर्षिय बालक घाइते भएका छन् ।
  •       सिरहाबाट राजबिराजतर्फ आउदै गरेको प्र.

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 

    सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि एक बालकसहित ५ जना घाइते भएका छन् । 
    पछिल्लो पटक जिल्लाको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा स्कुटिले एक पैदल यात्रीलाई ठक्कर दिएको छ । सो ठक्करबाट स्थानिय १२ वर्षिय बालक घाइते भएका छन् । 
    सिरहाबाट राजबिराजतर्फ आउदै गरेको प्र.२–०१–००१प.९१९५ नम्बरको स्कुटिले बाटो काट्ने क्रममा स्थानिय १२ वर्षिय डब्लु कुमार रामलाई ठक्कर दिएको हो । 
    ठक्करबाट घाइते भएका रामलाई उपचारका लागी स्कुटर चालक राजबिराज २ निवासी गजेन्द्र कुमार हाडाले धरान लगेको प्रहरीले जनाएको छ । 
    यस्तै पुर्वपश्चिमम राजमार्ग अन्तरगत जिल्लाकै खडक नगरपालिका ५ खरचुईया चोकमा आइतबार पिकअपले साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । 
    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–०२–००१च.०६४६ न. को पिकअपले सोहि दिशातर्फ जाँदै गरेको साईकल यात्री स्थानिय ३२ वर्षिय राज कुमार साह र पछाडी सवार ४० वर्षिय सन्तोष कुमार चौधरीलाई ठक्कर दिएको हो । 
    सो ठक्करबाट घाईते दुबै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भईरहेको तथा पिकअप र पिकअप चालक महोत्तरीको बर्दिवास ११ निवासी २१ वर्षिय सन्तोष बि.क. लाई नियन्त्रणमा लिई  घटना वारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
    यसैगरि राजबिराज २ हनुमाननगर राजबिराज सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक बालिकासहित दुई जना घाइते भएका छन् । 
    पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.५प. ९५५४ नं.को मोटरसाइकलले पश्चिमबाट पुर्वतर्फ जादै गरेको साईकल यात्री स्थानिय १४ वर्षिया खुशीकुमार यादव र वडा नं. १२ निवासी ४५ वर्षिया बद्री यादवलाई ठक्कर दिएको हो । 
    दुबै घाइतेहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको तथा मोटरसाइकल र चालक वडा नं. १६ बोरिया निवासी २३ वर्षिय विवश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी