बातावरण दिवसमा बृक्षारोपन

राजविराज राजविराज
|
बिहिबार, जेठ २४, २०८१
|
|
४२ पटक हेरिएको
Shares
बातावरण दिवसमा बृक्षारोपन

सारांश

  •     हाम्रो भूमि, हाम्रो भविष्य नाराका साथ बिहीबार बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको हो ।
  •       जिल्लाको तिरहुत गाउँपालिका लोहजरास्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल ठाकुर बाबा दहको डिलमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
  • धुपी, सल्ला, मसाला, तेजपात, आँप, लिचि लगायतका दर्जनौं विरुवा रोपिएको डिभिजन वन अधिकृत शुभाषचन्द्र दासले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 

    विश्व वातावरण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय सप्तरीद्वारा बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको छ । 
    हाम्रो भूमि, हाम्रो भविष्य नाराका साथ बिहीबार बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको हो । 
    जिल्लाको तिरहुत गाउँपालिका लोहजरास्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल ठाकुर बाबा दहको डिलमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ । धुपी, सल्ला, मसाला, तेजपात, आँप, लिचि लगायतका दर्जनौं विरुवा रोपिएको डिभिजन वन अधिकृत शुभाषचन्द्र दासले जानकारी दिए । 
    सोही अवसरमा विभिन्न स्थानीय निकाय, संघसंस्था र सरकारी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरमा बृक्षारोपनका लागि विभिन्न प्रजातीका ४ हजार बोट विरुवा उपलब्ध गराइएको छ । 
    बृक्षारोपन तथा वितरण कार्यक्रममा वनका कर्मचारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । रेन्जर लक्ष्मण साफीका अनुसार जिल्लाको कंचनपुर, रुपनी, दौलतपुरमा रहेको वन नर्सरीबाट उक्त परिमाणको बोटविरुवा उपलब्ध गराइएको हो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?