दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
उपभोक्ता समिति मार्फत विकास निर्माण कार्यका विभिन्न योजनाका लागि मधेश प्रदेश सरकारबाट पठाइएका चिठीहरु यहाँस्थित सामाजिक विकास इकाई कार्यालयबाट थोरै र अधिकांश चिठी जनकपुरमै कमिशन लिई बिक्रि गरेको भन्दै उक्त कार्यालयमा तालाबन्दी गरिएको छ ।
प्रदेश सांसद एवं पूर्व मन्त्री महेश प्रसाद यादवको अगुवाईमा शुक्रबार उक्त कार्यालयमा तालाबन्दी गरिएको हो । कार्यालयका कर्मचारीहरुलाई बाहिर निकालेर सांसद यादवको अगुवाईमा तालाबन्दी गरिएको हो ।
प्रदेश सांसद यादवले मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा सामाजिक विकास ईकाई कार्यालयमा पठाइएको विभिन्न योजनाका अधिकांश चिठी कार्यालय प्रमुख शुशिल झाले जनकपुरमै कमिशन लिई बिक्रि गरेको दाबी गरेका छन् ।
उनले प्रदेश सरकारबाट बुझेका योजनाका चिठीहरु कार्यालयबाट नभई बाटो बाटै बिक्रि गरिनु गलत भएको जिकिर गरे । उनले कार्यालय प्रमुखले बदमासी गर्ने तर योजना बिक्रिको आरोप सांसदहरुले खेप्नु परिरहेको भन्दै योजनाका चिठीहरु बितरण प्रक्रिया पारदर्शी र ऐन नियम अनुसार सम्बन्धीत कार्यालयबाटै हुनु पर्नेमा जोड समेत दिएका छन् ।
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी
सारांश
- दैनिक समाचारदाता राजविराज, २९ चैत ।
- उपभोक्ता समिति मार्फत विकास निर्माण कार्यका विभिन्न योजनाका लागि मधेश प्रदेश सरकारबाट पठाइएका चिठीहरु यहाँस्थित सामाजिक विकास इकाई कार्यालयबाट थोरै र अधिकांश चिठी जनकपुरमै कमिशन लिई बिक्रि गरेको भन्दै उक्त कार्यालयमा तालाबन्दी गरिएको छ ।
- प्रदेश सांसद एवं पूर्व मन्त्री महेश प्रसाद यादवको अगुवाईमा शुक्रबार उक्त कार्यालयमा तालाबन्दी गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया