प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 

राजविराज राजविराज
|
सोमबार, पौष २६, २०७८
|
|
१९ पटक हेरिएको
Shares
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् ।
  •       मुलुकमा अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा समेत प्रेस जगतको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले तर, पनि संचारकर्मीहरुको अवस्था दयनिय नै रहेकोमा चिन्ता जताए ।
  •     पत्रकारहरुले आर्थिक समस्या झेल्दै आएपनि जनतालाई सूचना सम्प्रेशन गर्ने काममा निरन्तर लागिरहेको बताउँदै उनले प्रेस जगतको समस्या समाधानमा आफू सहयोग गर्न तत्पर रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।    
    प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रेसको अवस्था दयनिय रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 
    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् । 
    मुलुकमा अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा समेत प्रेस जगतको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले तर, पनि संचारकर्मीहरुको अवस्था दयनिय नै रहेकोमा चिन्ता जताए ।
    पत्रकारहरुले आर्थिक समस्या झेल्दै आएपनि जनतालाई सूचना सम्प्रेशन गर्ने काममा निरन्तर लागिरहेको बताउँदै उनले प्रेस जगतको समस्या समाधानमा आफू सहयोग गर्न तत्पर रहेको बताए । 
    प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले संचारक्षेत्रको उत्थानका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले प्रदेश २ को मिडिया काउन्सील र आम संचार प्राधिकरणका अध्यक्षलाई योजना बनाएर ल्याउन आग्रह गरे । 
    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा स्थापित पुरस्कारको रकम बृद्धिका लागि पाँच लाख सम्मको अक्षयकोषको स्थापनामा समेत आफूले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । 
    सोही कार्यक्रममा प्रदेश २ आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संचारकर्मीहरुको समस्या समाधानका लागि केही दिनभित्रै कार्यक्रम ल्याउने जानकारी दिँदै पत्रकारहरुको प्रदेशबाटै परिचयपत्र उपलब्ध गराई सोही आधारमा ७ लाख सम्मको स्वास्थ्य बीमा समेतको व्यवस्था गर्न लागिएको जानकारी दिए । 
    प्रदेश २ को पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले २ करोड रुँपैया बजेट बिनियोजन गरेको जानकारी दिँदै उक्त सम्पूर्ण रकम पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि खर्चिने र यसका लागि आवश्यक योजना अन्तिम चरणमा पुगेको उनले बताए ।
    सोही कार्यक्रममा वातावरण पत्रिकाका सम्पादक बैजनाथ झाद्वारा स्थापित १२ औं वातावरण पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महेन्द्र सदालाई सम्मानित गरिएको थियो । 
    पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भटराई, पूर्व निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, प्रेस काउन्सीलका पूर्व सदस्य अनिल कुमार अनल, प्रदेश २ पत्रकार महासंघका सचिव भोला पासवान, महासंघका पूर्व सभापति मुरलीप्रसाद यादव, विष्णु मण्डल, धिरेन्द्र प्रसाद साहलगायतले पनि आ–आफ्नो धारण सहित स्व. पत्रकार बुढाथोकीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । 
    स्व. पत्रकार बुढाथोकीको जिवनी बारे महासंघका सल्लाहकार मनोहर पोखरेलले प्रकाश पारेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारपछी मृत्यु
मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारपछी मृत्यु
बाढीले भत्काएको पुल बन्न  नसक्दा आवगमन ठप्प
बाढीले भत्काएको पुल बन्न  नसक्दा आवगमन ठप्प
नेपाल खेलाडी तथा  प्रशिक्षक संघ सप्तरी गठन
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन पक्राउ
सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन पक्राउ
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा 
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी