कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा

दैनिक संवाददाता दैनिक संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
१५८ पटक हेरिएको
Shares
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा

सारांश

  • सो बारे सूचना प्राप्त हुनासाथ सुरक्षाका लागी थप सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति पुर्ण नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
  • उनले तत्कालै कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको र अहिले स्थिति पुर्ण नियन्त्रणमा रहेको जानकारी दिए ।
  • प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कारागारमा कैदीबन्दीका दुई समूहबीच आपसी विवाद भई तनाव बढ्दै जाँदा सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
दैनिक समाचारदाता
राजविराज, २ साउन । 
कारागार कार्यालय सप्तरीमा रहेका कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा शनिवार तनावग्रस्त बनेको छ ।कारागारको बी ब्लकमा कैदीबन्दीका दुई समूहबीच ए ब्लकमा स्थानान्तरणको विषयलाई लिएर विवाद हुँदा कारागार तनाबग्रस्त बनेको कारागार प्रशासनले जनाएको छ ।
सो बारे सूचना प्राप्त हुनासाथ सुरक्षाका लागी थप सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति पुर्ण नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
उनले तत्कालै कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको र अहिले स्थिति पुर्ण नियन्त्रणमा रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कारागारमा कैदीबन्दीका दुई समूहबीच आपसी विवाद भई तनाव बढ्दै जाँदा सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
प्रहरी पुगेपछि केही कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याएको र लगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि कुनै अप्रिय घट्ना भने नभएको उनको भनाई छ ।
कारागारका जेलर रुपक मंडलले विवाद सुरु गर्ने एक जना कैदीबन्दीलाई अहिले छुट्टै कोठामा राखि घट्नाबारे थप बुझ्ने काम भईरहेको जानकारी दिएका छन ।
मुलुककै पुरानो कारागार मध्येका एक राजविराज कारागारमा अहिले २८ जना महिला र ३ सय ६२ पुरुष गरी कूल ३ सय ९० कैदीबन्दी छन् ।
कारागारको ए ब्लकमा १ सय ९६, बी ब्लकमा १ सय ६६ र महिला ब्लकमा २८ जना कैदीबन्दी छन । १ सय २५ जनाको क्षमता भए पनि झण्डै तेब्बरको संख्यामा कैदीबन्दी कोच्चिएर राब्दा बेलाबेलामा विभिल खाले समस्या आउने गरेको जेल प्रशासनको भनाई छ ।
घटनाबारे जानकारी लिन जाँदा जेल प्रशासनले सञ्चारकर्मीहरुलाई भित्र प्रवेशमा रोक लगाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै 
सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै 
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
पाँच लाख बढीको भन्सार छलेको समान बरामद
पाँच लाख बढीको भन्सार छलेको समान बरामद
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन 
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन 
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी