कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा

दैनिक संवाददाता दैनिक संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
२५ पटक हेरिएको
Shares
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा

सारांश

  • सो बारे सूचना प्राप्त हुनासाथ सुरक्षाका लागी थप सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति पुर्ण नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
  • उनले तत्कालै कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको र अहिले स्थिति पुर्ण नियन्त्रणमा रहेको जानकारी दिए ।
  • प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कारागारमा कैदीबन्दीका दुई समूहबीच आपसी विवाद भई तनाव बढ्दै जाँदा सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
दैनिक समाचारदाता
राजविराज, २ साउन । 
कारागार कार्यालय सप्तरीमा रहेका कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा शनिवार तनावग्रस्त बनेको छ ।कारागारको बी ब्लकमा कैदीबन्दीका दुई समूहबीच ए ब्लकमा स्थानान्तरणको विषयलाई लिएर विवाद हुँदा कारागार तनाबग्रस्त बनेको कारागार प्रशासनले जनाएको छ ।
सो बारे सूचना प्राप्त हुनासाथ सुरक्षाका लागी थप सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति पुर्ण नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
उनले तत्कालै कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको र अहिले स्थिति पुर्ण नियन्त्रणमा रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कारागारमा कैदीबन्दीका दुई समूहबीच आपसी विवाद भई तनाव बढ्दै जाँदा सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
प्रहरी पुगेपछि केही कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याएको र लगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि कुनै अप्रिय घट्ना भने नभएको उनको भनाई छ ।
कारागारका जेलर रुपक मंडलले विवाद सुरु गर्ने एक जना कैदीबन्दीलाई अहिले छुट्टै कोठामा राखि घट्नाबारे थप बुझ्ने काम भईरहेको जानकारी दिएका छन ।
मुलुककै पुरानो कारागार मध्येका एक राजविराज कारागारमा अहिले २८ जना महिला र ३ सय ६२ पुरुष गरी कूल ३ सय ९० कैदीबन्दी छन् ।
कारागारको ए ब्लकमा १ सय ९६, बी ब्लकमा १ सय ६६ र महिला ब्लकमा २८ जना कैदीबन्दी छन । १ सय २५ जनाको क्षमता भए पनि झण्डै तेब्बरको संख्यामा कैदीबन्दी कोच्चिएर राब्दा बेलाबेलामा विभिल खाले समस्या आउने गरेको जेल प्रशासनको भनाई छ ।
घटनाबारे जानकारी लिन जाँदा जेल प्रशासनले सञ्चारकर्मीहरुलाई भित्र प्रवेशमा रोक लगाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
नर्घोमो व्यवसायिक साक्षरता तालिम शुरु
नर्घोमो व्यवसायिक साक्षरता तालिम शुरु