सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २१, २०७९
|
|
३६ पटक हेरिएको
Shares
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड

सारांश

  •     अधिवेसनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पत्रकारहरुले व्यवस्था परिवर्तनका लागि गरेको योगदानको प्रशंसा गरे ।
  • उनले पत्रकारिता क्षेत्रमा देखिएका बिकृती, बिसंगतिलाई हटाएर इमान्दारीपूर्वक कलम चलाउनुपर्नेमा जोड् दिए ।
  •       पत्रकारहरुको सुरक्षा र वृत्तिविकासका निम्ति राज्यले ध्यान नदिएको भन्दै उनले सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा जोड् दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 

    प्रेस मञ्च नेपालको दोश्रो सप्तरी जिल्ला अधिवेशन आइतबार राजविराजमा सम्पन्न भएको छ । 
    अधिवेसनको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पत्रकारहरुले व्यवस्था परिवर्तनका लागि गरेको योगदानको प्रशंसा गरे । उनले पत्रकारिता क्षेत्रमा देखिएका बिकृती, बिसंगतिलाई हटाएर इमान्दारीपूर्वक कलम चलाउनुपर्नेमा जोड् दिए । 
    पत्रकारहरुको सुरक्षा र वृत्तिविकासका निम्ति राज्यले ध्यान नदिएको भन्दै उनले सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा जोड् दिए । 
    कार्यक्रममा बोल्दै प्रेस मंचका महासचिव अवधेश कुमार झाले पत्रकारहरु अहोरात्र काम गरेपनि राज्यले यथोचित ध्यान दिन नसकेको बताए । 
    आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारको हकहितका निम्ति काम गर्न खोजिएपनि कर्मचारी अभावका कारण गर्न नसकिरहेको दोहो¥याए । 
    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, केन्द्रीय सदस्य ललिता साह, शाखाका पूर्व अध्यक्षहरु बैद्यनाथ झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह लगायतले पत्रकारिता क्षेत्रलाई बदनाम गर्न बाहिरका व्यक्तिहरु लागिपरेकाले सबै मिलेर यो समस्याको समाधान गर्नुपर्ने बताए । 
    कार्यक्रममा जसपाका नेता शम्भु झा, जिल्ला अध्यक्ष केदार यादव, राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, प्रेस मंचका उप महासचिव बैद्यनाथ यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल प्रेस यूनियनका उपाध्यक्ष बिनय कुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राईसहितकाले मन्तव्य व्यक्त गरेका थिए । 
    मंचका अध्यक्ष बृजमान तामंगको अध्यक्षतामा आयोजित उद्घाटन सत्रको संचालन सचिव जितेन्द्र झाले गरेका थिए । स्वागत मन्तव्य सदस्य विद्यानन्द रामले दिएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ सय तीन वटा राँगाको बलि प्रदान 
६ सय तीन वटा राँगाको बलि प्रदान 
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
स्वतन्त्र सांसद सिंह जसपामा प्रवेश
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
हरवा चरवाको पुर्नस्थापना बिषयक अन्तरक्रिया सम्पन्न 
हरवा चरवाको पुर्नस्थापना बिषयक अन्तरक्रिया सम्पन्न 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव