दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका एक यूवक रुखमै झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेका छन् ।
दुई साताअघि मात्र बैंकको ऋण तिर्न नसक्दा तनाव झेल्न नसकि सोही गाउँपालिका २ का ४५ वर्षिय रामदेव मरिकले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । सो घटना सेलाउन नपाउँदै सोमबार अर्को घटना भएको छ । प्रहरीका अनुसार छिन्नमस्ता गाउँपालिका ६ निवासी २१ वर्षिय महेन्द्र मण्डल रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घरबाट करिब एक किलो मिटर टाढा रहेको वडा नं. ३ को एकान्त स्थलमा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
घटनाको प्रकृती हेर्दा उनले आत्महत्या गरेको हुन सकेको अनुमान गरिएको प्रहरीको भनाई छ । आँपको रुखमा गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुखमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला
सारांश
- दुई साताअघि मात्र बैंकको ऋण तिर्न नसक्दा तनाव झेल्न नसकि सोही गाउँपालिका २ का ४५ वर्षिय रामदेव मरिकले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
- सो घटना सेलाउन नपाउँदै सोमबार अर्को घटना भएको छ ।
- प्रहरीका अनुसार छिन्नमस्ता गाउँपालिका ६ निवासी २१ वर्षिय महेन्द्र मण्डल रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया