पेस्तोलसहित तस्करीका मदिरा बरामद

राजविराज राजविराज
|
बुधबार, कार्तिक ६, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     राती १० बजेतिर नेपालबाट भारततर्फ तिब्र गतिमा जाँदै गरेको मोटरसाइकल अचानक दुर्घटनामा परेपछि प्रहरीले बोरा खोलेर हेर्दा २८ बोतल कस्तुरी मदिरा र सोही बोराभित्र लुकाई राखिएको २ थान गोली लोड भएको इन्डिया मेड सिक्सर पेस्तोल एक थान बरामद गरेको हो ।
  •       यता मोटरसाइकलका चालक भने अन्ध्यारोको फाइदा उठाउँदै फरार भएको प्रहरी निरिक्षक नवीन बुढाथोकीले बताए ।
  • उनले भारततर्फ मदिरा लैजाने क्रममा दुर्घटनामा परेको चालक तस्कर हुन सक्ने भन्दै पक्राउ पर्ने डरले उनी फरार भएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट एक थान पेस्तालेसहित भारततर्फ लैजादै गरेको एक बोरा मदिरा सशस्त्र प्रहरी बलले सोमबार राती बरामद गरेको छ । 
    राती १० बजेतिर नेपालबाट भारततर्फ तिब्र गतिमा जाँदै गरेको मोटरसाइकल अचानक दुर्घटनामा परेपछि प्रहरीले बोरा खोलेर हेर्दा २८ बोतल कस्तुरी मदिरा र सोही बोराभित्र लुकाई राखिएको २ थान गोली लोड भएको इन्डिया मेड सिक्सर पेस्तोल एक थान बरामद गरेको हो । 
    यता मोटरसाइकलका चालक भने अन्ध्यारोको फाइदा उठाउँदै फरार भएको प्रहरी निरिक्षक नवीन बुढाथोकीले बताए । उनले भारततर्फ मदिरा लैजाने क्रममा दुर्घटनामा परेको चालक तस्कर हुन सक्ने भन्दै पक्राउ पर्ने डरले उनी फरार भएको जानकारी दिए । 
    भारतको बिहार राज्यमा मदिरा निषेध भएपछि विभिन्न उपाय निकालेर तस्करहरु त्यसतर्फ मदिरा लैजाने गरेकाले नाका क्षेत्रमा रात्री गस्ति कडा बनाइएको उनको भनाई छ । 
    बरामद भएको नम्बर प्लेट नभएको मोटरसाइकल, पेस्तोल एक थान, गोली दुई थान र २८ बोतल कस्तुरी मदिरा मंगलबार जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान
तीन व्यवसायी कारवाहीमा
तीन व्यवसायी कारवाहीमा
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
संयुक्त यूवा विद्यार्थीले बिथोल्यो राजावादीको कार्यक्रम, गाडी रोकी तुल र ब्यानर जलाए
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ