चन्दनकुमार यादव
राजविराज, २९ कात्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् ।
ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ बर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् ।
आफन्तहर मोती प्रसाद मण्डल, बिना देबी र अलका मण्डलले छोरा तथा गाईभैंसीलाई बोक्सी लगाएको भन्दै लात, मुक्काले निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन् ।
कुटपिटबाट गम्भीर घाईते भएकी श्यामबत्तिको गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा उपचार भईरहेको छ ।
दुई महिना अगाडी पनि बोक्सीको आरोपमा आफू र श्रीमानलाई समेत उनीहरुले खुट्टा भाच्ने गरी कुटपिट गरेको पीडित श्यामबतिले जानकारी दिइन् । सो समयमा कुटपिट घटनाबारे ईलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिएपछि स्थानिय जनप्रतिनिधि, प्रहरी तथा स्थानियहरूको पहलमा अब उपरान्त कुटपिट नगर्ने भनी मिलापत्र गराइएको थियो ।
मिलापत्र भएको दुई महिना नबित्दै पुनः गालीगलोज, कुटपिट हुन थालेपछि परिवारको शान्ती सुरक्षा मिलाईदिन पीडितका पति बचेलालले आग्रह गरेका छन ।
यता पीडितले दोषीलाई कानुनी बमोजिम कारवाही सँगै क्षतिपुर्ति माँगसहित आबश्यक शान्ती सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी समेत दिएका छिन ।
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
सारांश
- ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ बर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् ।
- आफन्तहर मोती प्रसाद मण्डल, बिना देबी र अलका मण्डलले छोरा तथा गाईभैंसीलाई बोक्सी लगाएको भन्दै लात, मुक्काले निर्घात कुटपिट गरेको पीडितले बताएकी छिन् ।
- कुटपिटबाट गम्भीर घाईते भएकी श्यामबत्तिको गजेन्द्र नारायण सिह अस्पताल राजबिराजमा उपचार भईरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया