राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीमा पशु चौपायामा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरेका छन् ।
एक सातायता पशु चौपायामा मुखमा घाँउ हुने, ¥याल बग्ने, खुट्टामा घाँउ हुने लगायतका लक्षण देखिएको र सोही कारणले मर्न थालेको पीडित पशुपालकहरुले जानकारी दिएका छन् ।
पशुपालक योगेन्द्र यादवका अनुसार कुनै पशुलाई मुखमा घाँउ हुने, कसैलाई अत्याधिक ¥याल बग्ने त कसैलाई खुट्टामा घाँउ हुने लगायतको संक्रमण देखिएको छ । अर्का पशुपालक किशोर कुमार यादवले गाउँका थुप्रै पशुचौपायामा यस्तो समस्या देखिएको बताए ।
सो गाउँका बासिन्दा समेत रहेका पूर्वमन्त्री उमेश कुमार यादवका अनुसार हालसम्म पशु पालक योगेन्द्र यादव, सत्यनारायण यादव, परशुनारायण यादव, किशोर यादव लगायत दर्जनौं पशुपालकका एक सय भन्दा बढी गाई, भैसि, बाख्रा र बोका उक्त रोगको प्रकोपबाट मरिसकेका छन् ।
लालापट्टीमा देखिएको रोगको प्रकोप नियन्त्रण तथा पीडित पशुपालकलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पूर्वमन्त्री यादवले माग गरेका छन् ।
उनले रोग प्रकोप नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीको औषधीसहितको टोली प्रभावित क्षेत्रमा पठाई उपचारको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसँग माग गरेका छन् ।
उनले प्रभावित बस्तीमा निशुल्क पशु स्वास्थ्य शिविर संचालनका लागि पहल गर्न समेत सरकारसँग माग गरेका छन् । यता भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीले सो गाउँमा पशुमा देखिएको रोगको प्रकोप नियन्त्रणका लागि औषधीसहित पशु चिकित्सकको टोली पठाउन लागिएको जनाएको छ ।
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
सारांश
- सो गाउँका बासिन्दा समेत रहेका पूर्वमन्त्री उमेश कुमार यादवका अनुसार हालसम्म पशु पालक योगेन्द्र यादव, सत्यनारायण यादव, परशुनारायण यादव, किशोर यादव लगायत दर्जनौं पशुपालकका एक सय भन्दा बढी गाई, भैसि, बाख्रा र बोका उक्त रोगको प्रकोपबाट मरिसकेका छन् ।
- लालापट्टीमा देखिएको रोगको प्रकोप नियन्त्रण तथा पीडित पशुपालकलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पूर्वमन्त्री यादवले माग गरेका छन् ।
- उनले रोग प्रकोप नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीको औषधीसहितको टोली प्रभावित क्षेत्रमा पठाई उपचारको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया