मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर

सारांश

  •     महोत्तरीको जलेश्वरमा नवनिर्मित शालिक वाटिकामा बिहीबार माल्यार्पण गर्ने क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै सो दुःखेको पोखेका हुन् ।
  •       तेश्रो मधेस आन्दोलनमा मरिएकाहरुको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद एकसाथ अघि बढेमा त्यो खतरनाक र गम्भीर हुने बताए ।
  •       मुलुकमा अहिले राष्ट्रवाद र सैन्यवाद संयुक्त रुपमा अघि बढेकोले हिंसात्मक घटना हुनु स्वभाविक र निश्चित भएको प्रस्ट पार्दै उनले भने, ‘नेपाल सार्वभौमिकता र स्वतन्त्र मुलुक भएपनि जनता स्वतन्त्र नभएको र एक भाषाको माध्यमबाट औपनिवेशिकता लादिएको मुलुक हो ।

दैनिक समाचारदाता
महोत्तरी, २९ कात्तिक ।
    राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले विदेशी राजदूतहरुले मधेशको समस्याबारे कुराकानी गर्दा प्रधानमन्त्रीले मधेसीहरु यो देशका नागरिकनै नरहेको जस्ता आरोप लगाउनु दुःखको विषय भएको बताएका छन् ।  
    महोत्तरीको जलेश्वरमा नवनिर्मित शालिक वाटिकामा बिहीबार माल्यार्पण गर्ने क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै सो दुःखेको पोखेका हुन् । 
    तेश्रो मधेस आन्दोलनमा मरिएकाहरुको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद एकसाथ अघि बढेमा त्यो खतरनाक र गम्भीर हुने बताए । 
    मुलुकमा अहिले राष्ट्रवाद र सैन्यवाद संयुक्त रुपमा अघि बढेकोले हिंसात्मक घटना हुनु स्वभाविक र निश्चित भएको प्रस्ट पार्दै उनले भने, ‘नेपाल सार्वभौमिकता र स्वतन्त्र मुलुक भएपनि जनता स्वतन्त्र नभएको र एक भाषाको माध्यमबाट औपनिवेशिकता लादिएको मुलुक हो । त्यसैले हिंसा हुनु स्वभाविक हो ।’
    यस्तै अध्यक्ष ठाकुरले मधेसी जनताले स्वतन्त्रताको आभास नपाउने र जनचेतनाको अभाव मधेश रहिरहेमा कहिल्यै पनि मुलुकलाई साथ दिन नसक्ने बताउँदै भने, “मुलुक स्वतन्त्र रहेपनि यहाँका जनतामाथि विभेद र भेदभाव छ । यहाँको प्रहरी, प्रशासन र कर्मचारीलाई केन्द्र सरकारकै शासन शैलीमा चलेको छ, स्वतन्त्र भएको छैन ।”
    सोही कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एकात्मक शासन सत्ताको विरुद्धमा अहिले पनि आन्दोलनको आवश्यकता रहेको औंल्याए । उनले एकीकृत तथा एकात्मक शासनको कारण देशमा पटक–पटक आन्दोलन भएपनि परिवर्तनको आभास हुन नसकेको बताए । 
    कार्यक्रममा संविधान संशोधनको माग राख्दै ०७२ सालमा भएको तेस्रो मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि मारिएका शहिद परिवारलाई प्रदेश नम्बर २ सरकारले सम्झना गर्दै सम्मान समेत गरेको थियो । सो क्रममा शहिदका शालिक समेत अनावरण गरिएको रातोपाटीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढ्यो चिसो, जनजीवन प्रभावित
बढ्यो चिसो, जनजीवन प्रभावित
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
गाउँपालिकाको तालाबन्दी खोलाउन  सम्बन्धीत पक्षहरुसँग अनुरोध 
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु