डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
४६ पटक हेरिएको
Shares
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते

सारांश

  •     सप्तरीको शम्भुनाथबाट हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा जन्ती जादै गरेका सिरहाको लहान नगरपालिका २४ बस्ने अमित राय राजपुतको स.
  • १०प.
  • ५५१६ नम्बरको मोटरसाईकल जलाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ  ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित तोपा बजारमा सोमाबारराती बिवाहको लागि जादै गरेका जन्तिसँग डिजे बजाउने विषयमा दुई पक्षबिच झडप भएको छ । सो झडपका क्रममा एउटा मोटरसाइकल जलाइएको छ भने एक जना घाइते भएका छन् । 
    सप्तरीको शम्भुनाथबाट हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा जन्ती जादै गरेका सिरहाको लहान नगरपालिका २४ बस्ने अमित राय राजपुतको स.१०प. ५५१६ नम्बरको मोटरसाईकल जलाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ  । 
    यस्तै सोही झडपका क्रममा जन्ती पक्षले कुटपिट गर्दा तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा निवासी विरेन्द्र मण्डल गम्भीर भएको प्रहरीले जनाएको छ । 
    घाइते मण्डललाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाइएको छ ।
    यता घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    यसैबीच कुटपिटमा घाइते भएका बिरेन्द्र मण्डललाई हेर्न राजविराज आउने क्रममा मोटरसाइकल दुर्घटना हुँदा संजित मंडल र इन्द्रजीत मण्डल घाइते भएका छन् । 
    उनीहरु दुवै जनाको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
निर्वाचनमा खटिने पर्यवेक्षकलाई नियोकको तालिम
सामाजिक परिचालकले निरन्तरताका लागि जिसस प्रमुखलाई गुहार्दै
सामाजिक परिचालकले निरन्तरताका लागि जिसस प्रमुखलाई गुहार्दै
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै 
अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै 
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
पत्रकार महासंघका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन जसपामा प्रवेश
पत्रकार महासंघका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन जसपामा प्रवेश