लागूऔषध नियन्त्रणका लागि कडा निगरानी ः प्रहरी उपरीक्षक प्रसाई

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०७६
|
|
८२ पटक हेरिएको
Shares

सारांश

  •     खुल्ला सिमाका कारण हुने गरेका लागू औषध, सेबन र कारोबार तथा तस्करी लगायतका कार्य रोक्न आफनो क्षमताको भरपूर प्रयोग गर्ने उनको भनाई छ ।
  •     यस अघि प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही र सिरहामा काम गरेको अनुभव बटुलेका उनले आप्mनो अनुभवको उच्चतम प्रयोग गरि जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाए ।
  •       उनले कसैको दबाब र प्रभावमा नपरी प्रहरी ऐन र कानुन बमोजिम काम गर्ने उद्घोष गर्दै प्रहरी भित्रमा पनि केही शुद्धिकरण गर्नुपरे सयममै जानकारी तथा सुझाव दिन संचारकर्मीहरुसँग आग्रह गरे ।

    राजविराज÷    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले ८० प्रतिशत अपराधिक घटना लागू औषधकै कारण हुने गरेकोे बताएका छन् । 
    नयाँ प्रहरी प्रमुख भएर आएको चौथो दिन शनिवार प्रसाईले संचारकर्मीहरुसंग भेटघाट कार्यक्रको आयोजना गरि लागूऔषध नियन्त्रण र कुलत विरुद्ध सिमानाका क्षेत्रमा कडा निगरानी र सचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना रहेको बताए । 
    शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विभिन्न अपराधिक घटनामा संलग्न भई फरार रहेका विषयमा ईमान्दारीका साथ पहल गर्ने प्रतिबद्धता उनले जनाए । उनले आप्mनो कार्यकालमा शान्ति सुरक्षा सुदृढ बनाउनुका साथै विभिन्न अपराधका घटनामा संलग्न भई फरार रहेका अभियुक्तहरुलाई यथाशक्य कानुनी  दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । 
    खुल्ला सिमाका कारण हुने गरेका लागू औषध, सेबन र कारोबार तथा तस्करी लगायतका कार्य रोक्न आफनो क्षमताको भरपूर प्रयोग गर्ने उनको भनाई छ ।
    यस अघि प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही र सिरहामा काम गरेको अनुभव बटुलेका उनले आप्mनो अनुभवको उच्चतम प्रयोग गरि जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाए । 
    उनले कसैको दबाब र प्रभावमा नपरी प्रहरी ऐन र कानुन बमोजिम काम गर्ने उद्घोष गर्दै प्रहरी भित्रमा पनि केही शुद्धिकरण गर्नुपरे सयममै जानकारी तथा सुझाव दिन संचारकर्मीहरुसँग आग्रह गरे । पत्रकार र प्रहरीको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै उनले पत्रकारहरुललाई सहज रुपमा सूचना प्रदान गर्ने सँगै नागरिकको सुरक्षाका लागि पुरै प्रहरी टिम प्रतिबद्ध रहने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु  ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण 
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
माइक्रो काउन्टरमा तोडफोड
माइक्रो काउन्टरमा तोडफोड
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 

छुटाउनुभयो कि ?