राजविराज÷ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले ८० प्रतिशत अपराधिक घटना लागू औषधकै कारण हुने गरेकोे बताएका छन् ।
नयाँ प्रहरी प्रमुख भएर आएको चौथो दिन शनिवार प्रसाईले संचारकर्मीहरुसंग भेटघाट कार्यक्रको आयोजना गरि लागूऔषध नियन्त्रण र कुलत विरुद्ध सिमानाका क्षेत्रमा कडा निगरानी र सचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना रहेको बताए ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विभिन्न अपराधिक घटनामा संलग्न भई फरार रहेका विषयमा ईमान्दारीका साथ पहल गर्ने प्रतिबद्धता उनले जनाए । उनले आप्mनो कार्यकालमा शान्ति सुरक्षा सुदृढ बनाउनुका साथै विभिन्न अपराधका घटनामा संलग्न भई फरार रहेका अभियुक्तहरुलाई यथाशक्य कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
खुल्ला सिमाका कारण हुने गरेका लागू औषध, सेबन र कारोबार तथा तस्करी लगायतका कार्य रोक्न आफनो क्षमताको भरपूर प्रयोग गर्ने उनको भनाई छ ।
यस अघि प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही र सिरहामा काम गरेको अनुभव बटुलेका उनले आप्mनो अनुभवको उच्चतम प्रयोग गरि जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाए ।
उनले कसैको दबाब र प्रभावमा नपरी प्रहरी ऐन र कानुन बमोजिम काम गर्ने उद्घोष गर्दै प्रहरी भित्रमा पनि केही शुद्धिकरण गर्नुपरे सयममै जानकारी तथा सुझाव दिन संचारकर्मीहरुसँग आग्रह गरे । पत्रकार र प्रहरीको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै उनले पत्रकारहरुललाई सहज रुपमा सूचना प्रदान गर्ने सँगै नागरिकको सुरक्षाका लागि पुरै प्रहरी टिम प्रतिबद्ध रहने बताए ।
लागूऔषध नियन्त्रणका लागि कडा निगरानी ः प्रहरी उपरीक्षक प्रसाई
सारांश
- खुल्ला सिमाका कारण हुने गरेका लागू औषध, सेबन र कारोबार तथा तस्करी लगायतका कार्य रोक्न आफनो क्षमताको भरपूर प्रयोग गर्ने उनको भनाई छ ।
- यस अघि प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही र सिरहामा काम गरेको अनुभव बटुलेका उनले आप्mनो अनुभवको उच्चतम प्रयोग गरि जिल्लामा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाए ।
- उनले कसैको दबाब र प्रभावमा नपरी प्रहरी ऐन र कानुन बमोजिम काम गर्ने उद्घोष गर्दै प्रहरी भित्रमा पनि केही शुद्धिकरण गर्नुपरे सयममै जानकारी तथा सुझाव दिन संचारकर्मीहरुसँग आग्रह गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया