तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने

राजविराज राजविराज
|
बुधबार, पौष २२, २०७७
|
|
२१ पटक हेरिएको
Shares
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने

सारांश

  •     सो गाउँपालिकास्थित को.
  • मधेपुरामा बर्थिङ सेन्टर सेवासहितको स्वास्थ्य चौकी निर्माण कार्यको एक कार्यक्रमबीच राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले शिलान्यास गरेका हुन् ।
  •       पक्की भवनको अभावमा सेवा प्रवाहमा समस्या भोगिरहेका सोही वडामा पक्की भवनको वडा कार्यालय निर्माण हुन लागेको हो ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ मा बुधबार बर्थिङ सेन्टर सेवासहित स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण कार्यको शिलान्यास गरिएको छ । 
    सो गाउँपालिकास्थित को. मधेपुरामा बर्थिङ सेन्टर सेवासहितको स्वास्थ्य चौकी निर्माण कार्यको एक कार्यक्रमबीच राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले शिलान्यास गरेका हुन् । 
    पक्की भवनको अभावमा सेवा प्रवाहमा समस्या भोगिरहेका सोही वडामा पक्की भवनको वडा कार्यालय निर्माण हुन लागेको हो ।
    संघीय सरकारको बजेटबाट बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा तिलाठी कोइलाडी गाउँपालिकाको बजेटबाट वडा कार्यालय भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिदै एक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?