ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ४, २०७९
|
|
६५ पटक हेरिएको
Shares
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप

सारांश

  •     सप्तरीको महादेबा गाउँपालिकास्थित बलिया मठमा विहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
  •       भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफुहरु अझैं संघर्षरत रहेको बताउँदै शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा जसपाको रहेको उल्लेख गरे ।
  •     उनले काँग्रेस लगायतका ठूला पार्टीहरुले मधेशी जनतालाई शोषण गर्दै आएकाले जसपाले मात्र मुक्ति दिलाउने दाबी समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 

    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस लगायतका ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको आरोप लगाएका छन् । 
    सप्तरीको महादेबा गाउँपालिकास्थित बलिया मठमा विहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 
    भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफुहरु अझैं संघर्षरत रहेको बताउँदै शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा जसपाको रहेको उल्लेख गरे ।
    उनले काँग्रेस लगायतका ठूला पार्टीहरुले मधेशी जनतालाई शोषण गर्दै आएकाले जसपाले मात्र मुक्ति दिलाउने दाबी समेत गरे । पहिचान, स्वाभिमान, समावेशिता र समानताका लागि आफुहरु पार्टीको स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको चर्चा गर्दै अध्यक्ष यादवले शोषण, दमन एवम् विभेदमा पारिएको समुदायका लागि अझैं संघर्षरत रहेको चर्चा गरे । 
    विकास सम्बन्धी मानवीय सूचकाङ्क अनुसार पछाडि परेको जिल्लाहरुमा सप्तरी देशमै तेस्रो तथा प्रदेशमा रौतहट पहिलो र सप्तरी दोस्रो रहेको चर्चा गर्दै उनले भने, “सप्तरी मेरो जन्मभूमी भएकोले यहीँको माटोमा जन्मे, हुर्कें र विद्यालय शिक्षा पनि यहीं प्राप्त गरेँ, त्यही भएर गत निर्वाचनमा उम्मेदवारी दिएँ र भारी मतले प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएँ ।
    कार्यक्रममा पार्टीका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकास कुमार तिवारी, राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्व सांसद रञ्जु ठाकुर, महिला नेता सावित्री पन्डित, महदेवा गाउँपालिकाका पुर्व अध्यक्ष दिपक कुमार यादव लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु