दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
जनता समाजवादी पार्टी (जसपा) को समानान्तर जिल्ला कमिटि बिहीबार तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको छ ।
पन्द्र दिन अघि सप्तरीमा गठन भएको उक्त समानान्तर कमिटिका अध्यक्ष जिवछ यादवको नेतृत्वमा ६ पदाधिकारीसहित ५१ सदस्यीय कमिटि तमलोपामा समावेश गरेको हो ।
तत्कालिन राजपाको अध्यक्ष मण्डलका सदस्य तथा एक पल्ट संयोजकको जिम्मेवारी समेत पाएका यादवले समायोजनाका क्रममा आफ्नो समूहलाई वेवास्ता गरेको भन्दै जसपाको नयाँ जिल्ला कमिटि बिरुद्ध गत फागुन २६ गते समानान्तर कमिटि गठन गरेका थिए ।
बिहीबार तमलोपाद्वारा राजविराजमा आयोजित पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रममा उनको नेतृत्वको कमिटिसँगै अन्य विभिन्न पार्टी परित्याग गरि १ सय ११ जना प्रवेश गरेको तमलोपाका केन्द्रिय सदस्य रामपृत यादवले जानकारी दिए ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. बिजयकुमार सिंह, केन्द्रिय सदस्य मदनप्रसाद सिंह, असगर अली, ब्रजकुमार सिंह लगायतले अबिर र माला लगाएर स्वागत गरे ।
कार्यक्रममा अध्यक्ष लालले मधेश केन्द्रित दल तथा तीनका नेतृत्वमाथी जनताको एजेन्डालाई थाम्न नसकेको आरोप लगाउँदै जनताले दिएको अभिमतलाई सत्ता सहभागिताको सिढीं बनाउन मात्र उपयोग गरेको बताए ।
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
सारांश
- पन्द्र दिन अघि सप्तरीमा गठन भएको उक्त समानान्तर कमिटिका अध्यक्ष जिवछ यादवको नेतृत्वमा ६ पदाधिकारीसहित ५१ सदस्यीय कमिटि तमलोपामा समावेश गरेको हो ।
- तत्कालिन राजपाको अध्यक्ष मण्डलका सदस्य तथा एक पल्ट संयोजकको जिम्मेवारी समेत पाएका यादवले समायोजनाका क्रममा आफ्नो समूहलाई वेवास्ता गरेको भन्दै जसपाको नयाँ जिल्ला कमिटि बिरुद्ध गत फागुन २६ गते समानान्तर कमिटि गठन गरेका थिए ।
- बिहीबार तमलोपाद्वारा राजविराजमा आयोजित पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रममा उनको नेतृत्वको कमिटिसँगै अन्य विभिन्न पार्टी परित्याग गरि १ सय ११ जना प्रवेश गरेको तमलोपाका केन्द्रिय सदस्य रामपृत यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया