राजबिराज/बाल अधिकारको संरक्षण, प्रवद्र्धन तथा वालवालिका सम्बन्धी ऐनको कार्यान्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा राष्ट्रिय बालअधिकार परिषदको सहजिकरण तथा समन्वय तथा सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको सहयोगमा एंव अन्य शासकिय साझेदारको समन्वयमा बाल अधिकार सुनिश्चितताका लागि कार्यबिधि बनाई स्थानिय तहमा निर्माण गरी कार्यान्वयन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।
बिपदमा बाल अधिकार सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धतासँग सबै स्थानिय तहमा बाल संरक्षण लागि सेवा प्रदायकहरूमा बिवरण तयार गरि नक्सांकण निर्माण गर्ने, स्थानिय तहहरूलाई बालमैत्री स्थानिय लागू गर्नका लागि जिल्ला स्तरिय गोष्ठीको आयोजना गरिएको जिल्ला समन्वय अधिकारी उमेश यादबले जानकारी दिएका छन् ।
सो अवसरमा जिल्ला समन्वय सप्तरीका प्रमुख प्रभाकर यादबले ठोस बजेट छुटयाएर बालअधिकार संरक्षण, प्रवद्र्धनका लागि स्थानियस्तरमा अधिकृत राखेर कार्यन्वयन गर्नु पर्नेमा जोड दिए ।
बिष्णुपुर गाउपालिका अध्यक्ष निलाम्वर यादबले बालबालिका अधिकार, संरक्षण र प्रवद्र्धनका लागि शसस्त्र अनुदानको बजेट सरकारले बिनियोजना गर्नुपर्ने बताए ।
रूपनी गाउपालिका अध्यक्ष हरेराम यादबले सरकारले बालिकाको हकमा २० बर्ष पूरा भई बिवाह गर्ने प्रावधान रहेकोले १६ बर्ष मै विवाह हुने गरेकाले सो वालिकाको उमेर २० बर्ष पूरा हुने सम्म उनीबाट जन्मिने बच्चा ३ बर्ष भएपछि त्यस्ता वालबालिकाको जन्म दर्ता गर्न समस्या भएको बताए ।
सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले बालमैत्री स्थानिय शासन लागू गर्नु आबश्यक रहेको भन्दै सप्तरीकने स्थानिय तहहरूको प्राबिधिक, प्रशासनिक कमिकमजोरीको घोषण हुन नसकेको बताईन ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, गैसस महासंघ सप्तरी अध्यक्ष शभुनन्द चौधरी, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापा, हनुमाननगर कंकालनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत उमेश यादब, रूपनी गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रेणुका साह, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, राष्ट्रिय बालअधिकार परिषद समन्वय अधिकृत संजिव महतो, बाल संरक्षण अधिकृत पबिता श्रेष्ठ, जिल्ला समन्वय अधिकृत गंगा प्रसाद साह, सेभ द चिल्ड्रेनका अरूण महतो, कान्ति खडका, मदन गोतामे, अभिलेश कर्ण, सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, अधिकृत ललिता मण्डल, राजिव चौधरी, सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीलगायतले बालअधिकार सुनिश्चतताको लागि प्रतिबद्धता जनाए ।
सो अवसरमा जिल्लाको ९ वटा पालिकाका उपप्रमुख/उपाध्यक्ष तथा महिला तथा बालवालिका कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न
सारांश
- सो अवसरमा जिल्ला समन्वय सप्तरीका प्रमुख प्रभाकर यादबले ठोस बजेट छुटयाएर बालअधिकार संरक्षण, प्रवद्र्धनका लागि स्थानियस्तरमा अधिकृत राखेर कार्यन्वयन गर्नु पर्नेमा जोड दिए ।
- बिष्णुपुर गाउपालिका अध्यक्ष निलाम्वर यादबले बालबालिका अधिकार, संरक्षण र प्रवद्र्धनका लागि शसस्त्र अनुदानको बजेट सरकारले बिनियोजना गर्नुपर्ने बताए ।
- रूपनी गाउपालिका अध्यक्ष हरेराम यादबले सरकारले बालिकाको हकमा २० बर्ष पूरा भई बिवाह गर्ने प्रावधान रहेकोले १६ बर्ष मै विवाह हुने गरेकाले सो वालिकाको उमेर २० बर्ष पूरा हुने सम्म उनीबाट जन्मिने बच्चा ३ बर्ष भएपछि त्यस्ता वालबालिकाको जन्म दर्ता गर्न समस्या भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया