दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परबिनले आइतबार राजविराजस्थित राष्ट्रिय समाचार समिति (रासस) कार्यालयको जिर्ण भवनको निरिक्षण गरेकी छिन् ।
राजविराज ३ स्थित रासस कार्यालयको जिर्ण भवनको स्थलगत निरिक्षण गर्दै उनले पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि आफू गम्भिर रहेको बताइन् । निरिक्षणका क्रममा कावा प्रमुख परबिनले जिर्ण अवस्थामा रहेको रासस कार्यालय भवनको मर्मत र आवश्यक संचार उपकरणका लागि चरणबद्ध रुपमा सहयोग गर्ने आश्वासन दिइन् ।
राससको कार्यालय भवन अत्यन्तै जिर्ण रहेको तथा संचार उपकरणको समेत अभाव रहेको रासस सप्तरीका कार्यालय प्रमुख शम्भु प्रसाद यादवले जानकारी गराएपछि निरिक्षणका लागि टोलीसहित पुगेकी उनले आफू पत्रकारिता क्षेत्रको विकाससँगै मिडिया मैत्री वातावरण निर्माणका लागि सक्दो सहयोग गर्ने बताइन् ।
एक कठ दुई धुर जग्गामा रहेको राससको ८ कोठे भवन वर्षौदेखी जिर्ण अवस्थामा रहँदा जोखिमपूर्ण अवस्थामा काम गरिरहनु परेको निरिक्षणको क्रममा राससका कार्यालय प्रमुख यादवले कार्यवाहक प्रमुख परबिनलाई जानकारी गराएका थिए ।
निरिक्षण टोलीमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निरन्जन प्रसाद यादव, प्राविधिक र नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझी लगायतको सहभागिता थियो ।
पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि आफू गम्भिरः कावा प्रमुख
सारांश
- राजविराज ३ स्थित रासस कार्यालयको जिर्ण भवनको स्थलगत निरिक्षण गर्दै उनले पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि आफू गम्भिर रहेको बताइन् ।
- निरिक्षणका क्रममा कावा प्रमुख परबिनले जिर्ण अवस्थामा रहेको रासस कार्यालय भवनको मर्मत र आवश्यक संचार उपकरणका लागि चरणबद्ध रुपमा सहयोग गर्ने आश्वासन दिइन् ।
- राससको कार्यालय भवन अत्यन्तै जिर्ण रहेको तथा संचार उपकरणको समेत अभाव रहेको रासस सप्तरीका कार्यालय प्रमुख शम्भु प्रसाद यादवले जानकारी गराएपछि निरिक्षणका लागि टोलीसहित पुगेकी उनले आफू पत्रकारिता क्षेत्रको विकाससँगै मिडिया मैत्री वातावरण निर्माणका लागि सक्दो सहयोग गर्ने बताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया