गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 

राजविराज राजविराज
|
बिहिबार, जेठ २५, २०८०
|
|
२० पटक हेरिएको
Shares
गाउँपालिकाद्वारा किसानलाई एकपछि अर्को उपहार 

सारांश

  •     सप्तरीको रुपनी गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसानको पहिचानका लागि बिहीबारदेखी वर्गिकरणसहितका किसान परिचयपत्र बितरण कार्य शुभारम्भ गरेको छ ।
  •       यसअघि सो पालिकाले किसानलाई प्रोत्साहन गर्न विद्युत प्राधिकरणसँग सम्झौता गरि गाउँपालिकाभित्र संचालित सिंगल फेज कृषि मिटरको सबै किसानको मासिक विद्युत महसुल पनि ब्यहोर्ने निर्णय गरिसकेको छ ।
  •       बिहीबार पहिलो दिन एक कार्यक्रमबीच गाउँपालिकाका विभिन्न वडाका गरि ३९ जना किसानहलाई “किसान परिचय पत्र” बितरण गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ जेठ । 

    जिल्लाको एक पालिकाद्वारा किसानलाई प्रोत्साहन गर्न एकपछि अर्को योजना कार्यान्वयनमा ल्याएको छ । 
    सप्तरीको रुपनी गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसानको पहिचानका लागि बिहीबारदेखी वर्गिकरणसहितका किसान परिचयपत्र बितरण कार्य शुभारम्भ गरेको छ । 
    यसअघि सो पालिकाले किसानलाई प्रोत्साहन गर्न विद्युत प्राधिकरणसँग सम्झौता गरि गाउँपालिकाभित्र संचालित सिंगल फेज कृषि मिटरको सबै किसानको मासिक विद्युत महसुल पनि ब्यहोर्ने निर्णय गरिसकेको छ । 
    बिहीबार पहिलो दिन एक कार्यक्रमबीच गाउँपालिकाका विभिन्न वडाका गरि ३९ जना किसानहलाई “किसान परिचय पत्र” बितरण गरिएको छ । गाउँपालिकाका किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि यस्तो योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए । 
    कृषि, पशुपंक्षि तथा मत्स्य क्षेत्रको व्यवसायीकीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण गरि गुणस्तरिय उत्पादन तथा किसानलाई समय समयमा विशेष सुविधा दिन उक्त परिचयपत्र बितरण कार्य प्रारम्भ गरिएको अध्यक्ष यादवको भनाई छ । 
    युवालाई कृषि पेशामा आवद्ध गरि उत्पादनमा जोड्न र रोजगार सृजना गरि आयमूलक विशेष कृषि कार्यक्रमको थालनी गरिएको उनले उल्लेख गरे । यो अभियान अझै जारि रहने उनले जानकारी दिएका छन् । 
    गाउँपालिकाले किसान वर्गिकरण सम्बन्धी कार्यबिधी गाउँसभाबाट स्वीकृत गराई राष्ट्रिय कृषक समूह महासंघ सँग सम्झौता पश्चात् उक्त योजना अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादवले जानकारी दिए । 
    राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु कुमार यादव, राष्ट्रिय किसान आयोगका प्रवक्ता जिवन्ती पौडेल, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रतिनिधि कुलप्रसाद रेग्मी, गाउँपालिकाका प्रशासन प्रमुख जामुन कुमार दास लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह
ठूला दलहरूका कारण प्राप्त उपलब्धीहरू गुम्ने  खतरा ः अध्यक्ष साह
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
जसपाका सांसद साहमाथी आक्रमण
जसपाका सांसद साहमाथी आक्रमण
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने