दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रेस युनियन र प्रेस संगठनका साझा उम्मेदवार श्रवणकुमार देव निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अध्यक्ष देवले ५२ मत ल्याए भने उनका प्रतिद्वन्दी प्रेस मञ्च र प्रेस चौतारीका साझा उम्मेदवार मनोहर पोखरेलले ४५ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, समावेशी सहसचिवमा गोपालप्रसाद गुप्ता र कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भएका छन् ।
यसैगरि दलित सदस्यमा राजकुमार पासवान, महिला सदस्यमा रश्मी झा, आदिवासी जनजाती सदस्यमा कृष्णा मण्डल, मधेशी सदस्यमा परिष कर्ण तथा खुल्ला सदस्यहरुमा दिनानाथ यादव, राजेन्द्र मिश्र, विद्ययानन्द राम निर्वाचित भएको निर्वाचन समितिका संयोजक बैद्यनाथ झाले जानकारी दिए । उनका अनुसार चार जना सदस्यहरुको मत बराबर रहेकोले गोलाप्रथाबाट एक जनालाई निर्वाचित गरिने जानकारी दिए ।
यसैगरि राष्ट्रिय परिषद् सदस्यमा ढमला भट्राई, मनोजकुमार माझी र सुखराम यादव निर्वाचित भए भने प्रदेश परिषद् सदस्यमा अरुण कुमार तिवारी, शिवनारायण साह, देवेन्द्र मिश्र, रामअधिन साह, बृजमान तामाङ, दिनेश शर्मा र बिन्दु भट्राई बिजयी भएका छन् ।
महासंघ सप्तरी शाखामा कुल एक सय मतदाता रहेकोमा जम्मा ९८ मत खसेको निर्वाचन समिति संयोजक झाले जानकारी दिए ।
पत्रकार महासंघको इतिहासमै एकै दिन बुधबार संघ, प्रदेश र ७७ जिल्लाका शाखामा निर्वाचन सम्पन्न भएको हो । १३ हजार बढी मतदाता रहेको यस निनर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस संगठन तथा प्रेस चौतारी र प्रेस मञ्चको दुई वटा प्यानलले प्रतिष्पर्धा गरेको थियो ।
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
सारांश
- बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अध्यक्ष देवले ५२ मत ल्याए भने उनका प्रतिद्वन्दी प्रेस मञ्च र प्रेस चौतारीका साझा उम्मेदवार मनोहर पोखरेलले ४५ मत ल्याएका छन् ।
- त्यस्तै उपाध्यक्षमा बैद्यनाथ यादव, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, समावेशी सहसचिवमा गोपालप्रसाद गुप्ता र कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भएका छन् ।
- यसैगरि दलित सदस्यमा राजकुमार पासवान, महिला सदस्यमा रश्मी झा, आदिवासी जनजाती सदस्यमा कृष्णा मण्डल, मधेशी सदस्यमा परिष कर्ण तथा खुल्ला सदस्यहरुमा दिनानाथ यादव, राजेन्द्र मिश्र, विद्ययानन्द राम निर्वाचित भएको निर्वाचन समितिका संयोजक बैद्यनाथ झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया