दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
उद्योग बाणिज्य संघ सप्तरीको अध्यक्ष पदका एक उम्मेदवार लालुप्रसाद अग्रवालले शनिबार शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिेका छन् ।
उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा श्यामबाबा सप्लार्यसका संचालक समेत रहेका अग्रवालले उद्योगि व्यवसायीहरुको छाता संगठनलाई सबैको साझा संगठन बनाउन आफ्नो उम्मेदवारी रहन स्पष्ट पारे ।
आफूले जिम्मेवारी पाए कोरोनाका कारण संकटमा परेको व्यापार व्यवसायलाई उकास्न क्षमताले भ्याएसम्म पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, पत्रकार महासंघका पूर्व अध्यक्ष मूरली प्रसाद यादव, इटा व्यवसायी संघका अध्यक्ष दुर्गानन्द साह, उद्योगी एवं कानुन व्यवसायी सुरेश सिंह लगायतले दिपावली एवं छठ पर्वको शुभकामनासहित संघको आगामी निर्वाचनमा योग्य, सक्षम र इमान्दार व्यक्तित्वलाई नेतृत्व सुम्पनु पर्नेमा जोड दिएका थिए ।
व्यवसायी बैजु जोशीद्वारा संचालित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो । उद्योग बाणिज्य संघ सप्तरीले आउदो मंसिर ४ गतेलाई शाखाको निर्वाचन तोकेको छ । जसमा जिल्लाको १८ वटै स्थानिय तहका गरि संघमा करिब २ हजार मतदाता छन् ।
उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान
सारांश
- उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा श्यामबाबा सप्लार्यसका संचालक समेत रहेका अग्रवालले उद्योगि व्यवसायीहरुको छाता संगठनलाई सबैको साझा संगठन बनाउन आफ्नो उम्मेदवारी रहन स्पष्ट पारे ।
- आफूले जिम्मेवारी पाए कोरोनाका कारण संकटमा परेको व्यापार व्यवसायलाई उकास्न क्षमताले भ्याएसम्म पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
- कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, पत्रकार महासंघका पूर्व अध्यक्ष मूरली प्रसाद यादव, इटा व्यवसायी संघका अध्यक्ष दुर्गानन्द साह, उद्योगी एवं कानुन व्यवसायी सुरेश सिंह लगायतले दिपावली एवं छठ पर्वको शुभकामनासहित संघको आगामी निर्वाचनमा योग्य, सक्षम र इमान्दार व्यक्तित्वलाई नेतृत्व सुम्पनु पर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया