उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
शनिबार, कार्तिक १३, २०७८
|
|
३३ पटक हेरिएको
Shares
उम्मेदवार अग्रवालद्वारा शुभकामना आदान प्रदान

सारांश

  •     उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा श्यामबाबा सप्लार्यसका संचालक समेत रहेका अग्रवालले उद्योगि व्यवसायीहरुको छाता संगठनलाई सबैको साझा संगठन बनाउन आफ्नो उम्मेदवारी रहन स्पष्ट पारे ।
  •       आफूले जिम्मेवारी पाए कोरोनाका कारण संकटमा परेको व्यापार व्यवसायलाई उकास्न क्षमताले भ्याएसम्म पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
  •       कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, पत्रकार महासंघका पूर्व अध्यक्ष मूरली प्रसाद यादव, इटा व्यवसायी संघका अध्यक्ष दुर्गानन्द साह, उद्योगी एवं कानुन व्यवसायी सुरेश सिंह लगायतले दिपावली एवं छठ पर्वको शुभकामनासहित संघको आगामी निर्वाचनमा योग्य, सक्षम र इमान्दार व्यक्तित्वलाई नेतृत्व सुम्पनु पर्नेमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
    उद्योग बाणिज्य संघ सप्तरीको अध्यक्ष पदका एक उम्मेदवार लालुप्रसाद अग्रवालले शनिबार शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिेका छन् । 
    उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा श्यामबाबा सप्लार्यसका संचालक समेत रहेका अग्रवालले उद्योगि व्यवसायीहरुको छाता संगठनलाई सबैको साझा संगठन बनाउन आफ्नो उम्मेदवारी रहन स्पष्ट पारे । 
    आफूले जिम्मेवारी पाए कोरोनाका कारण संकटमा परेको व्यापार व्यवसायलाई उकास्न क्षमताले भ्याएसम्म पहल गर्ने उनले प्रतिबद्धता जनाए । 
    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पूर्व अध्यक्ष मनोज मुन्धडा, पत्रकार महासंघका पूर्व अध्यक्ष मूरली प्रसाद यादव, इटा व्यवसायी संघका अध्यक्ष दुर्गानन्द साह, उद्योगी एवं कानुन व्यवसायी सुरेश सिंह लगायतले दिपावली एवं छठ पर्वको शुभकामनासहित संघको आगामी निर्वाचनमा योग्य, सक्षम र इमान्दार व्यक्तित्वलाई नेतृत्व सुम्पनु पर्नेमा जोड दिएका थिए । 
    व्यवसायी बैजु जोशीद्वारा संचालित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो । उद्योग बाणिज्य संघ सप्तरीले आउदो मंसिर ४ गतेलाई शाखाको निर्वाचन तोकेको छ । जसमा जिल्लाको १८ वटै स्थानिय तहका गरि संघमा करिब २ हजार मतदाता छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारको नामाकरण र सहमति
प्रदेश सरकारको नामाकरण र सहमति
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
क्षमता भन्दा तीन गुणा कैदीबन्दी
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित 
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
उद्धार सामग्री हस्तान्तरण
उद्धार सामग्री हस्तान्तरण
अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 
अनसनकारीसँग वार्ता र छलफल पश्चात् १ सय २६ दिनपछि तोडियो रिले अनसन 
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु